विद्या, शिक्षा र युुवा

डा. गणेशप्रसाद घिमिरे
Read Time = 16 mins

विद्याले मानिसलाई कस्तो अवस्थामा राख्छ भन्ने सन्दर्भलाई रामायणका दुुई पात्र जनक र परशुुरामलाई उल्लेख गर्न सकिन्छ । राजा जनक मिथिलाका राजा हुुन् । उनी राजा भएर पनि शस्त्रभन्दा शास्त्रमा विश्वास गरे । परशुुराम ऋषि जमदग्निका छोरा हुुन् । उनी शास्त्रका ज्ञाता ब्राहृमण भएर पनि शास्त्रमा नभई शस्त्रमा विश्वास गरे । यी दुुवै पात्रको तुलनालाई हेर्ने हो भने दुुबैको दृष्टि समान अवस्थाको देखिएको छ । शास्त्रबाट सबै कुराको समाधान खोज्ने जनक र शस्त्रबाट सबै कुराको समाधान खोज्ने परशुरामका बीचमा कुनै किसिमको तालमेल सम्भव छैन ।

तर, यी दुुबै व्यक्तिको पहिचान आफ्नै किसिमको छ रामायणअनुुसार । शास्त्रमा विश्वास गर्ने जनक र शस्त्रविद्यामा विश्वास गर्ने परशुरामको अवस्थालाई समानरूपमा हेर्न सकिँदैन । यो थियो त्यससमयको विद्या र विद्याले दिने योगदान । जनक दरबार विद्या र शास्त्र चिन्तनले सजिएको थियो । परशुुरामको बञ्चरो शस्त्रको एउटा पूूर्ण रूप थियो तत्कालीन समयको जसबाट उनले सबै कुराको समाधान खोजे ।

आज संसार शस्त्रविद्यामा आफूलाई अब्बल सावित गर्न तम्सेको छ । शास्त्र संसार वा हामी मानवका लागि जीवनको आधार बन्न सकेको छैन । संसारका सबै शासक आफूलाई शक्तिका लागि उठाउन शस्त्रमा नै केन्द्रित रहेका छन् । शस्त्रमा समर्पित उनीहरू अणुु र परमाणुु बम निर्माण गरेर मानवता जोगाउनुुपर्ने वकालत गरिरहेका छन् । कस्तो हास्यास्पद तर्क । हातमा हतियार समाएर शान्तिको कामना गर्ने आजको संसार शस्त्रलाई नै सबैभन्दा उत्तम विकल्प सम्झेर गतिशील बनेको छ । यही हो आजको संसार र आजको अवस्था पनि । यसैमा समर्पित हामी र हाम्रो चिन्तन ।

विद्या :
विद्याले मानिसलाई सर्वगुुणसम्पन्न बनाएको हुुन्छ । मानिसका सबै क्रिया विद्याबाट सञ्चालन हुुने गरेका हुन्छन् । त्यसैले शास्त्र भन्छ
विद्यां ददाति विनयं विनयाद् याति पात्रताम् ।
पात्रत्वात् धनमाप्निोति धनाद् धर्म ततः सुुखम् ।।
विद्या वा ज्ञानले हामीलाई विनम्रता दिन्छ । विनम्रताबाट योग्यता प्राप्त हुुन्छ । योग्यताले धन प्राप्ति हुुन्छ, धनले धर्म र धर्मबाट हामीलाई सुुखको प्राप्ति हुुने गर्दछ । यही हो विद्याको तात्पर्य र हामीले प्राप्त गर्ने विद्या पनि । विद्याबाट प्राप्त गरिने दुुःख वा सुुख पनि आनन्ददायक नै हुने गर्दछ ।

विद्या आफैँमा मानिसका लागि साधन हो । जीवन चलाउने क्रममा आइपर्ने समस्याको समाधान हो । समस्याबाट भाग्ने आधार विद्या हुन सक्दैन । जीवनका हरेक पल र त्यसमा आइपर्ने समस्याको समाधान विद्या हो । त्यसैले शास्त्रमा विद्यालाई समभावका रूपमा हेरिएको छ । समभाव राख्ने अवस्था आउन मानिसलाई विद्याको नै आवश्यकता रहने गरेको हुुन्छ । एक अर्काबिचको अभेद सम्बन्धलाई विद्याले दिने गरेको हुुन्छ । त्यसैले विद्यालाई शास्त्रले सर्वोपरि मानेको छ । विद्याबाट प्राप्त हुने ज्ञानले मानिसलाई समदर्शी बनाउँछ भन्ने तथ्यलाई बाहिर ल्याउँछ गीता ।
विद्याविनय सम्पन्ने ब्राहृमणे गवि हस्तिनि ।
शुुनि चैव श्वपाके च पण्डिताः समदर्शिनः ।।
ज्ञानी मानिस विद्या र विनयले सम्पन्न ब्राहृमण, गाई, हात्ती, कुुकुर आदिमा समभाव राख्ने गर्दछ । यही हो विद्याको आशय र विद्याले दिने गुुण पनि । यसैमा रमेको छ हाम्रो शास्त्र । शास्त्रचिन्तनले दिने मानवीय चेतना । यसका माध्यमबाट प्राप्त हुुने सुुखलाई हाम्रो जीवनको आधार बनाएको छ विद्याले । विद्याले दिने गुुण र त्यसले प्रवाह गर्ने भावनाको आधारमा हाम्रो शास्त्रको चिन्तन निरन्तर अघि बढिरहेको छ । विद्यालाई हाम्रो प्राचीन सभ्यताको मूल मियो र पहिचान मानिएको छ । विद्या प्राप्त गर्ने शिष्य हुन्थे भने विद्या दिने गुुरु ।

यी दुुवैका बीचको परस्पर सम्बन्धको मियो थियो शास्त्रचिन्तन । विद्याले गुुरु र शिष्यको सम्बन्धलाई सदा जीवन्त बनाएर राख्यो । यही थियो हाम्रो परम्परामा रहेको विद्या । संस्कार, परम्परा, आदरभाव, मानवता, एक अर्काप्रतिको विश्वास, विश्वासले निम्त्याउने सहृदयपन, सहृदयपनमा रहेको कोमलता, मान्यजनप्रति श्रद्धा, समवयीप्रति आत्मीयता, अनुुजप्रति विश्वास विद्याका गुण मानिएका थिए ।

शिक्षा :
विद्याको आधुुनिक र विकसित रूप शिक्षा हो । शिक्षाले विद्याको भावनालाई बोकेन । विद्याले जीवनको सङ्ग्राममा सदा खुुशी र सुुखी बनायो । मानिसलाई बाँच्न सिकायो । जीवनका हरेक समस्यासित जुुध्न सिकायो । मानिसलाई मानिस बनायो । यही हो विद्याको मूल गुुण र मान्यता पनि । यसैमा हुुर्केका हामी सदा जीवनलाई विद्याको गोरेटोमा डोर्‍याउन सफल बनेर हिँड्यौँ । आज हामी शिक्षा दिइरहेका छौँ । पुुस्ता आधुनिक बनेको छ । शिक्षा दिएर सम्पन्न बनाएका छौँ । चेतनाले विश्वलाई आफ्नो मुुठीमा राख्ने विश्वास आजको पुुस्तामा छ । आजको पुुस्ता चञ्चलमात्र होइन गुुणवत्ता पनि छ । भविष्यका हरेक क्षणलाई नापतौलका आधारमा जोखेर हिँड्ने गरेको छ । यसैमा रमेको छ आजको पुुस्ता ।

शिक्षा आधुुनिक पद्यति हो । शिक्षा प्राप्त गर्ने व्यक्ति शिक्षार्थी हुुन सकेको छैन । सबै कुरालाई सँगै लैजान खोजेको छ । जीवनमा आइपर्ने समस्यासँग पैठाजोरी खेल्न सकेको छैन । समस्यासित भागेको छ, लुुकेको छ, हात पसारेर ज्ञान विज्ञानका सबै चिन्तनमा आफ्नो प्रभुुत्व जमाउन खोजको छ । विद्या प्राप्त गर्ने मानिस हिजोको निरीह पुुस्ता थियो । आज शिक्षा प्राप्त गर्ने आधुुनिक पुुस्ता हो । आमा बुुबाको भरोसाको केन्द्र हो । आफ्नो जीवनको स्वामी हो ।

यो पुुस्ताले आजको ज्ञानलाई पूर्णरूपमा अनुुभवसिद्ध बनाएको छ । उसलाई थाहा छैन संस्कार, परम्परा र पद्यति । ती सबै पद्यतिले दिने भावना । ती भावनाबाट आउने विश्वास । विश्वासले जन्माएको वातावरण । एक अर्काको भावनामा हुुर्केको आचार, व्यवहार र विचारलाई आजको पुुस्ताले बोक्न सकेको छैन । यही हो शिक्षा र शिक्षाले दिने सम्बन्ध । यही सम्बन्ध र सभ्यतामा हुुर्केको पुस्ता नित्य नवीन र आधुुनिक छ ।

आजको पुस्ता प्रविधिमा निर्भर छ । प्रविधिबाट प्राप्त हुने सामग्रीमा बाँचेको छ । आफूले पाएको ज्ञान र क्षमतालाई प्रविधिसित जोडेर हेर्न बाध्य छ । यही बाध्यतामा हुर्केको पुस्ता हो आजको पुस्ता । उसका सपना आकाश छुुने खालका छन् । उसका चाहना आफूलाई गतिशील बनाउनमा व्यस्त छन् । उसका भावना भने व्यक्तिगत स्वत्वमा गएर अडिएका छन् । त्यसैले आजको पुुस्ता विद्या नभई शिक्षासित गाँसिएको छ । यही मान्यतामा अडेको छ आजको शिक्षा । यही शिक्षामा हुुर्केको पुुस्ताले विद्यालाई बुुझ्ने अवसर पाएन ।

युुवा :
आजको पुुस्ता युुवा हो । जीवनलाई समग्रतामा समर्पित गर्ने जीवनको लक्ष्यलाई लिएर अघि बढ्ने वर्ग युुवा हो । नेपालमा युुवाको सङ्ख्या धेरै छ । ती युुवा आजको देश र समाजका निर्माणकर्ता हुुुन् । नेपालका युुवा आज तीन वर्गमा बाँडिएका छन् । उच्च शिक्षा प्राप्त गर्ने अभिलाषाामा तम्सेका युुवा आज स्वदेशको शिक्षालाई प्राथमिकतामा राख्न सकेका छैनन् । दश जोड दुुई पास गरेर उच्च शिक्षाका लागि विदेशी भूूमिमा रमाउन चाहेको छ । त्यो पुुस्तामा देश, आमाबुुबाभन्दा विदेशको भूूमि र त्यहाँ गरिने मिहिनेत नै सर्वोपरि रहेको छ । यो वर्ग विदेश जान्छ र त्यही भूमिमा रमाउँछ ।

विदेशबाट प्राप्त हुने ग्रीनकार्ड र पिआर प्राप्तिका लागि सदा सक्रिय रहेको छ । २०७८ श्रावण महिनादेखि असार १५ सम्म एक लाख हाराहारीका युुवाहरू अध्ययन स्वीकृतिपत्र लिएको तथ्य बाहिरिएको छ । यसबाट राज्यलाई बीस करोड सन्ताउन्न लाख राजस्व प्राप्त भएको छ । यही राजस्व सङ्कलनमा रमेको छ राज्य । यो तथ्याङ्कलाई हेर्दा नेपालको युुवावर्ग स्वदेशमा भन्दा विदेशी भूमिमा रमाउन चाहेको देखिन्छ । यो वर्ग स्वदेशको माया, ममता र स्नेहबाट टाढिएको वर्ग मानिन्छ । उसका सबै सपना, जपना र कल्पना विदेशी भूूमिका लागि समर्पित रहेका हुन्छन् ।

अर्को वर्ग स्वदेशी भूमिमा रमाउन चाहन्छ । अध्ययन गर्दछ र विभिन्न सरकारी र गैरसरकारी संस्थामा जागीर खाएर जीवनलाई जेनतेनचलाउन चाहन्छ । यो वर्ग आज पनि सङ्घर्षबाट पछि हट्न तयार छैन । यो वर्गलाई देशको भन्दा पनि आफ्नो चिन्ताले सताएको छ । यो वर्गको चिन्ता व्यक्तिगत स्वार्थ र हितमासमर्पित रहेको छ ।

आजको अवस्थामा तेस्रो वर्गको युवा जल्दोबल्दो बनेर आएको छ । नेपालको राजनीतिलाई अस्वस्थ मान्दै आएको यो युुवा आज राजनीतिमा होमिन तयार देखिएको छ । राजनीतिका माध्यमबाट समाज र देशलाई केही दिन सकिन्छ भन्ने भावनाले ओतप्रोत रहेको छ । भर्खर सम्पन्न भएको स्थानीय निर्वाचनमा त्यसको सङ्केत देखापरेको छ । सत्तरी वर्ष काटेर पनि राजनीतिमा सक्रिय रहेका नेपालका नेताहरूलाई चुुनौती बनेर आएको वर्ग हो यो । राजनीतिमा देखिएको अस्वस्थता, प्रशासनमा देखापरेको लाचारीपन, नेताहरूमा मौलाएको भ्रष्टाचारलाई हतियार बनाएको यो वर्गले राज्यलाई केही दिन खोजिरहेको छ ।

सफल हुनुु वा नहुुनुु उसकै हातमा रहेको छ । यो वर्ग राजनीतिबाट असन्तुुष्ट होइन कि राजनीतिमा देखिएको नातावाद, कृपावाद, आफन्तवादको विरोधी हो । राजनीतिमा होमिने यो वर्गबाट देशले आशा गरेको हुुन सक्छ । आफू र आफूूबाहेक अरूलाई कहिले पनि प्राथमिकतामा नराख्ने नेताप्रतिको वितृष्णा हुन सक्छ । देशप्रतिको आस्था, नेपालीप्रतिको विश्वासलाई जित्न सकेमा यो वर्ग नेपालको काँचुुली फेर्ने वर्गका रूपमा मान्न सकिन्छ । यो भविष्यले देखाउनेछ ।

अन्याय, अत्याचारविरुद्ध जेलनेल खाएका र जीवन देशका लागि समर्पित गर्ने पुुस्ता आज राजनीतिको केन्द्र बनेको छ । उमेर, शरीर, स्वास्थ्यले साथ नदिए पनि आफूलाई केन्द्रमा राखेर राजनीति गर्ने प्रवृत्तिको अन्त्य चाहेको यो वर्ग समाज, देश र नेपाली जनताको सुुधारको केन्द्र बनोस् । राजनीति स्वस्थ हुुनुुपर्दछ । देश र जनतालाई विश्वासमा लिएर गरिनुुपर्दछ । राजनीतिमा होमिने यो पुुस्ताले राष्ट्रियमात्र नभई अन्तराष्ट्रिय विश्वासलाई जित्न आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?