काठमाडौं । शनिबारलाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण छ । शनिबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने विश्वाससमेत रही आएको छ ।
नेपाली समाजमा थुप्रै मूल्य मान्यताहरू रहेका छन् र त्यस्ता कतिपय मान्यताहरू हामी चाहेर पनि नकार्न सक्दैनौ । हाम्रा पूर्वजहरूले मान्दै आएका कतिपय कुराहरू शनिबारसँग पनि जोडिएका छन् ।
शनिदेवमाथि नराम्रो असर नपरोस् भनि हाम्रा पूर्वजहरूले थुप्रै नियम बनाएका छन् । ज्योतिषका अनुसार शनिको असरबाट बच्नका लागि यस्ता मान्यताहरू छन् जसलाई शनिबारका दिन हामीले गर्नुहुँदैन । हामीले शनिबारको दिन गर्दा शनिदेव रिसाउँछन् भन्ने मान्यता छ ।
१. तेल
तेललाई शनिको अतिप्रिय मानिन्छ र शनिबार तेल दान गर्नुपर्ने हुन्छ । यस दिन तेल घरमा ल्याउँदा घरमा गरिबी र रोग निम्तिने गर्दछ ।
२. कालो तिल
जाडो मौसममा कालो तिलले शरीरमा गर्मी पैदा गर्छ भने शक्ति प्रदान गर्दछ । कालो तिल पूजामा उपयोग गरिन्छ । अझ शनि देवको दशा कटाउनको लागि कालो तिल र पिवलमा तिल जल चढाइन्छ । शनिवार दान दिदा फल प्रप्त हुन्छ भने किन्दा कार्यमा बाधा आउने शास्त्रमा उल्लेख गरिएको छ । तसर्थ शनिवार कालो तिल किन्न बर्जित छ ।
३. अन्न पिस्ने चक्की
शनिबार अन्न पिस्न नदिनुहोस् र यसको खरिद पनि नगर्नुहोस् । यसो गर्दा परिवारमा कलह रहिरहन्छ र शनिबार पिनेको पिठोले घरमा गरिबी निम्त्याउने मान्यता छ ।
४. नुन
घरका लागि सर–सामान किन्दै हुनुहुन्छ भने शनिबारको दिन नुन किन्नबाट बच्नुहोस् । शनिबार नुनको खरिद गर्दा घरमा ऋण लाग्ने बताइन्छ ।
५. जुत्ता
शनिलाई खुट्टाको कारक ग्रह मानिएको छ । यसकारण शनिबार जुत्ता खरिद नगर्दा राम्रो । यस दिन कालो जुत्ता खरिद गर्दा रोगको सामना गर्नुपर्ने तथा कार्यमा असफलता मिल्ने मान्यता रहेको छ ।
६. फलाम तथा फलामका सामान
शनिबार फलामले बनेको सामान खरिद गर्नु हुँदैन । फलामलाई शनिको धातु मानिन्छ । यस दिन फलामको दानको महत्व छ । यस दिन फलाम खरिद गर्दा शनिदेव रिसाउने मान्यता रहिआएको छ ।
७. कैंची
कैंची पनि फलामबाट नै बनेको हुन्छ जुन कपड़ा, कागज आदि काटन प्रयोग गरिन्छ । परापूर्व कालदेखि कपडा पसले, टेलर आदि शनिवार नयाँ कैंची किन्दैनन । शनिवार कैंची खरीद गर्दा नालनातामा तनाव उत्पन्न हुने मान्यता रहेको छ ।
८. ज्वलनशील पदार्थ
शनिवारको दिन ईन्धन, सफाइ, मट्टीतेल आदि जस्ता ज्वलनशील पदार्थ खरीद गर्नु अशुभ मानिन्छ । अग्निलाइ देवताको रूपमा पूजा गरिन्छ, शनिवार घरमा ईन्धन भित्र्याउनाले परिवारमा कष्टरदुखले घेर्छ भनिन्छ ।
९. कूचो
कूचोले घरको फोहर निर्मल बनाउँछ जसले गर्दा घरमा सकारात्मक ऊर्जाको आगमन हुन्छ । शनिवारको दिन कूचो खरीद गर्नु उपयुक्त मानिदैन । शनिवारको दिन घरमा कूचो ल्याउदा दरिद्रताको आगमन हुने मान्यता रहेको छ ।
१०. मसि/स्याही
कागज, कलम आदि खरीद गर्नको लागि सबैभन्दा श्रेष्ठ दिन गुरुवार हो । शनिवार को मसिरस्याही किन्नु हुदैन । यस्तो कार्यले मनुष्यको अपयशको भागीदार बनाउँछ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका