पाँचथरमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, दुई जना बेपत्ता

हिमालय टाइम्स
Read Time = 1 min

-जितेन्द्र भण्डारी

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–७, बिहिदिनमा शुक्रबार मध्यराति आएको पहिरोले घर र गोठ पुर्दा एकै परिवारका एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।

मृत्युहुनेमा ४२ बर्षीय रुपलाल मगर हुनुहुन्छ । मगरलाई शनिबार बिहान ८ः१५ बजे फेला पारिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

उहाँको बुहारी ३८ बर्षीय गोमा मगर र उहाँको १९ वर्षीय भतिजि एलिसा मगर बेपत्ता भएको प्रहरीले बताएको छ । बेपत्ताहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

स्थानीय ७१ बर्षीय दलप्रसाद मगरको घर पहिरोले बगाएको हो । मगरलाई भने तत्काल प्रहरीले सकुशल उद्धार गरेको थियो । बेपत्ताहरुको खोजी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले गरिरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?