कार्यकारिणी बैठकमा उपेन्द्रले बाबुराम पक्षलाई आमन्त्रण नगरेको गुनासो

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अध्यक्ष उपेन्द्र यादवले बोलाएको केन्द्रिय कार्यकारिणी समिति बैठकमा संघीय परिषद्का अध्यक्ष बाबुराम पक्षधर भने अनभिज्ञ रहेका छन । आगामी २७-२८ असारमा बोलाईएको केन्द्रिय कार्यकारिणी समितिको बैठकमा असन्तुष्ट भट्टराई पक्षधर भने अनविज्ञ रहेका छन् ।

‘केन्द्रिय कार्यकारिणी समितिको बैठक बोलाईयो भन्ने सुनेको छु तर अहिलेसम्म खबर आएको छैन्,’ सांसदसमेत रहेकी केन्द्रिय कार्यकारिणी समिति सदस्य अमृता अग्रहरीले भन्नुभयो, ‘उपेन्द्रजीले संसदीय दलको बैठक बोलाउँदा होस वा पार्टीको छलफल चलाउँदा होस कसैलाई बोलाउने कसैलाई नबोलाउने गर्दै आउनुभएको थियो, यही होला भनेर बुझौं ।’

ईमेल, मोवाइल म्यासेजमार्फत बैठकको जानकारी गराउँदै आउने चलन भए पनि अहिलेसम्म भट्टराई पक्षधरका नेताहरुले बैठकका बारेमा सुचना नपाए पछि यादव पक्षधर नेताहरुसँग चासो ब्यक्त गरिरहेका छन ।

उता, यादव पक्षधर नेता मनिष सुमनले भने बैठकका बारेमा इमेल आएको जानकारी दिनुभयो । ‘मलाई चाँही बैठकमा उपस्थित हुनका लागि इमेल आएको थियो तर केही साथीहरुले कुनै खबर पाईएन भनिरहनु भएको छ, सायद बैठक आउन अझै केही दिन बाँकी रहेकाले पनि खबर आउन ढिलाई भएको होला’ सुमनले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?