१२औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा चन्दननाथ प्रथम

हिमालय टाइम्स
Read Time = 2 mins

जुम्ला । १२औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा चन्दननाथ नगरपालिका प्रथम, हिमा गाउँपालिका द्धितिय र पातारासी गाउँपालिका तृतिय भएका छन् ।

१५ देखि १७ असारसम्म भएको प्रतियोगिताको आयोजना जिल्ला खेलकुद विकास समिति जुम्लाले गरेको हो । प्रतियोगितामा जुम्लाका आठमध्ये सात स्थानीय तहको सहभागिता थियो । गुठीचौरले भने सहभागिता जनाएको थिएन ।

जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव संगीता आचार्यका अनुसार ६ विधामा खेल खेलाइएको थियो । यसमा सबैभन्दा बढी चन्नदननाथ र त्यसपछि हिमा गाउँपालिकाले उपाधि लिएको छ । हिमा गाउँपालिकाले एथ्लेटिक्स प्रतियोगितामा शिल्ड जितेको छ भने मार्चपासमा पातारासी गाउँपालिका प्रथम भएको छ ।

यसैगरी पातारासीले पुरुष भलिवल प्रतियोगितामा जित हात पारेको थियो भने कनकासुन्दरी द्धितिय भएको थियो । महिला भलिबल प्रतियोगितामा कनकासुन्दरी गाउँपालिका प्रथम भएको छ भने चन्दननाथ नगरपालिका द्धितिय भएको छ ।

कबड्डीमा चन्दननाथ नगरपालिका प्रथम, कनकासुन्दरी गाउँपालिका द्धितिय भएको आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?