वर्षाले किसान खुसी, रोपाइँको चटारो

हिमालय टाइम्स
Read Time = 2 mins

बैतडी । केही दिनदेखि भइरहेको वर्षाले बैतडीका किसान खुसी भएका छन् । वर्षापछि रोपाइँ गर्न पाएको र वर्षे बालीलाई राहत पुगेपछि यहाँका किसान खुसी भएका हुन् ।

वर्षा नभएर रोपाइँ गर्न नसकिएको र मकै, भटमासलगायत वर्षे बाली सुक्ने अवस्था थियो । वर्षाले रोपाइँ गर्न राहत पुगेको दोगडाकेदार-३ श्रीकोटका मानसिंह विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षा नहुँदा रोपाइँ गर्न सकिएको थिएन, वर्षे बालीलाई पनि राहत मिलेको छ ।” यसअघि असार पहिलो सातासम्म वर्षा नहुँदा किसान चिन्तित बनेका थिए ।

हालसम्म जिल्लामा ७५ प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । सिँचाइको सुविधा भएको ठाउँमा रोपाइँ सम्पन्न भएको छ भने आकाशे पानीका भरमा रोपाइँ हुने क्षेत्रमा पनि रोपाइँ भइरहेको छ ।

जिल्लाको सुर्नया र चौलानी नदी किनार, पुर्चौडीको हाट, पाटन, पञ्चेश्वरलगायत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । पाटन नगरपालिकाको पाटन फाँट, सलेना, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिकाका विभिन्न क्षेत्र तथा दशरथचन्द नगरपालिकाको सेरालाई धान खेतीको पकेट क्षेत्र मानिन्छ ।

बैतडीमा नौ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?