काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको असन्तुष्ट समूहले पवन कार्कीको नेतृत्वमा एक सय ९९ केन्द्रीय समितिसहितको समानान्तर कमिटी घोषणा गरेको छ ।
सहिद परिवार सदस्य कमरेड प्रतीक कार्कीको सभापतित्वमा शनिबार बसेको भेलाले पवन कार्कीको नेतृत्वमा एक सय ९९ सदस्यीय विशेष राष्ट्रिय भेला आयोजक समिति निर्माण गरेको हो ।
सो समुहका नेता उपदेश यादवका अनुसार आयोजक समितिमा वर्तमान र पूर्व पदाधिकारीसहित ईन्द्र लामा, उपदेश यादव, बालकुमार केसी, सागर केसी, बसन्ता भण्डारी, समीर बुढाथोकीलगायत हुनुहुन्छ ।
संगठन विभाग, प्रशिक्षण विभाग, स्वयमसेवक विभाग लगायत महत्वपूर्ण विभाग गठन गरेको सो समुहल देशभर संगठन पुनर्गठन अभियान चलाउने निर्णय लिएको छ । साथै, राष्ट्रियता, जनजीविका, जन्तन्त्रको सवालमा संघर्स गरेर अघि बढ्नेसहित शैक्षिक कार्यक्रम, सांगठनिक कार्यक्रम सार्वजनिक गर्दै निरन्तर संगठन निर्माणको दिशामा अघि बढेको यादवले जानकारी दिनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका