भारतीय वन रक्षकको गोलीबाट एक नेपालीको मृत्यु, सामुदायिक वनमा युवतीको शव फेला

Read Time = 3 mins

-दीपककुमार शर्मा
बर्दिया । भारतीय जंगलमा निउरो टिप्न गएका नेपालीमाथि भारतीय वन रक्षकले गोली प्रहार गरेका छन् ।

भारतीय वन रक्षकको गोली प्रहारबाट घाइते बर्दिया गुलरिया नगरपालिका ३ का ५४ वर्षिय हेमराज गोडियाको जिल्ला अस्पताल गुलरिया लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव निरीक्षक सुर्य सुबेदीले जानकारी दिनु भयो ।

प्रहरीका अनुसार नेपाल भारत सिमामा जोडिएको गुलरिया नगरपालिका ३ का गोडिया भारतीय जंगलमा विहीवार बेलुका निउरो टिप्न गएका बेला भारतीय वन रक्षकले गोली चलाएका थिए । आफू घाइते भएपछि साथमा भएको मोबाइलबाट गोडियाले आफन्तलाई फोन गरेका थिए ।

आफन्तले घाइते अवस्थामा रहेका गोडियालाई जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको बताएका छन् भारतको कतर्निया आरक्षण भएका कारण अनिधिकृत रुपमा जंगलमा प्रबेश गरेका कारण वन रक्षकले गोली प्रहार गरेका हुनसक्ने बताइएको छ । यस घटनालाई लिएर बर्दियाका सुरक्षा निकायका प्रमुख तथा भारतीय उत्तर प्रदेश अन्गर्तत बहराइच जिल्लाका सुरक्षा निकाय तथा कतर्निया बन्यजन्तु आरक्षका पदाधिकारी बीच छलफल भएको छ । छलफलमा भारत पक्षले घटनाको विषयमा अनुसन्धानमा सहयोग गर्ने बताएको जनाइएको छ ।

यसैबीच बर्दियाको बासगढि नगरपालिकाको एक महिलाको शव झुन्डिएको अवस्था फेला परेको छ । बासगढी नगरपालिका वार्ड न ४ मा रहेको जनचेतना सामुदायिक वनमा पहिचान नखुलेको अन्दाजी २४ वा २५ वर्षिय युवती रुखमा भुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?