काठमाडौं । नेपालका कमल श्रेष्ठले छुनछुन कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जित्नुभएको छ । दक्षिण कोरियाको सिओलमा भएको प्रतियोगिताको ४० वर्षमुनि पुरुष एकल पुम्सेमा १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कमलले स्वर्ण जित्नुभएको हो ।
प्रतियोगितामा सहभागी अन्य नेपाली खेलाडी वीरबहादुर महरा, पार्वती गुरुङ, कृष्णबहादुर तामाङ र प्रेमबहादुर लिम्बू पदकविहीन रहनुभयो । प्रतियोगितामा नेपाली अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले क्योरोगीमा सात र पुम्सेमा १२ गरी १९ ‘बाउट’ खेलाउनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका