सडक बालबालिकाको व्यवस्थापन होस् : मिस नेपाल जोशी

Read Time = 2 mins

काठमाडौं । मिस नेपाल वल्र्ड २०२२ को उपाधि जित्नुभएकी प्रियंका रानी जोशीले सडक बालबालिकाको व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ । विशेषगरी दैनिक रूपमा आफूले काठमाडौं भित्रको यात्राको क्रममा थुप्रै सडक बालबालिका देखेको जोशीले बताउनुभयो । उहाँले सडकमा भेटिने अनाथ बालबालिकाको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

‘तालिमको समयमा ललितपुरबाट हिडन ट्रिजरको कार्यालयसम्म आइपुग्दा थुपै्रै सडकबालिका देखेकी छुँ । गाडी चलाउँदा कत्ति सानासाना बालबालिका माग्नुहुन्छ त्यो देख्दा नराम्रो लाग्छ । यो कुराको व्यवस्थापन हुनुपर्छ भन्ने लाग्छ’, मिस नेपाल जोशीले भन्नुभयो, ‘मलाई पनि सामाजिक काम गर्न रुचि छ । म पनि यो काममा लाग्नेछु ।’

साथै मिस नेपाल जोशीले आफूलाई तत्कालका लागि कलाकारिता र राजनीतिमा इच्छा नभएको बताउनुभएको छ । अधिकांश पूर्वमिस नेपालहरू चलचित्र क्षेत्रमा रुचि राख्नुहुन्छ तपाइँको रुचि छकि नाई ? हिमालय टाइम्सको प्रश्नमा उहाँ भन्नुहुन्छ, ‘अभिनय भनेको सजिलो काम होइन । अहिले ममा अभिनय गर्नसक्ने क्षमता नहुन सक्छ । त्यो कुरा पनि सिक्नुपर्ने हुन्छ । भोलिको दिनमा राम्रो ज्ञान भयो भने चलचित्र गर्दै नगर्ने भनेको पनि होइन ।’ यस्तै उहाँले अहिले आफ्नो उमेर राजनीति गर्ने नभएको बताउनुभयो । आफू समाज सेवामा लाग्ने भन्दै नीति निर्माणतर्फ नलाग्ने जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?