माइकलको निर्देशनमा सरोज, सुधीर, विना र श्रद्धाको रोमान्स

Read Time = 2 mins

काठमाडौं । सेभेन ११ म्युजिक फ्याक्ट्रीको निर्माणमा तयार भएको ‘हे माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो ।

अष्ट्रेलियामा बस्दै आउनुभएका गायक अनिल जोशी र गायिका रचना रिमालको स्वरमा समावेश यो गीतमा विष्णु भट्टको शब्द तथा संगीत छ । सार्वजनिक गीतले यूवतीहरूलाई युवाहरूले जिस्काएको भाव बोकेको छ । भिडियोलाई पछिल्लो पुस्ताका सर्वाधिक लोकप्रिय र सफल निर्देशक माइकल चन्दले निर्देशन गर्नुभएको हो । माइकलले डान्सिङ शैलीमा यो भिडियोलाई तयार पार्नुभएको हो ।

भिडियोमा सुधीर श्रेष्ठ, श्रद्धा क्षेत्री, विना राउत र सरोज प्रजाको साथमा बाल–कलाकार आर्या रेग्मीको अभिनय छ । निर्देशक चन्दले सुधीर र श्रद्धा, विना र सरोजको जोडीलाई भिडियोमा उतार्नुभएको छ । नवराज उप्रेतीको छायांकनमा तयार भएको भिडियोमा शिलन लम्सालको सम्पादन छ । अञ्जान रेग्मीले यो भिडियोमा लगानी गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?