काठमाडौं । अभिनेता विपिन कार्की पछिल्लो समयका नेपाली चलचित्रका डिमाण्डेन अभिनेता हुनुहन्छ । उहाँलाई चलचित्रमा काम गर्नका लागी थुप्रै अफर आउने गर्छन् । अहिले उहाँले आफूलाई आउँदो वर्षको वैशाखसम्म फुर्सद नभएको जानकारी दिनुभएको छ । उहाँले वैशाखसम्म फुर्सद नभएकाले चलचित्रको अफरसमेत नगर्न निर्मातालाई अनुरोध गर्नुभएको छ ।
बिहीबार चलचित्र ‘प्रसाद-२’ घोषणा कार्यक्रममा उहाँले आफ्नो व्यस्तता बारे जानकारी गराउनुभएको हो । उहाँले भन्नुभएको थियो, ‘मलाई अहिले फिल्मको अफर धेरै आउँछ । आउँदो वर्षको वैशाखसम्म मेरो सेड्युल प्याक छ । अहिलेलाई फिल्मको अफर नगरिदिनुहोला ।’
केही दिनयता विपिनले ५० लाख पारिश्रमिक पुर्याएको विषयमा समेत मिडियामा गसिफ बनिरहनुभएको छ । त्यस विषयमा उहाँले घुमाउरो जवाफसमेत दिनुभयो । उहाँले भन्नुभएको छ, ‘पारिश्रमिक धेरै मागेको भए निर्माताले अफर किन गर्थे ।’ कहिलेकाही पारिश्रमिक नलिएर कामसमेत गर्ने गरेको बताउने उहाँले जुनै प्रोडेटमा पनि आफुले शतप्रतिशत दिने कोसिस गरेको बताउनुभयो । विपिन ‘प्रसाद २’ को पछि बलिउड चलचित्र ‘एनिमल’मा काम गर्दै हुनुहुन्छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको