गायिका बर्देवाको ‘यो मुटुको धड्कन’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । वरिष्ठ गायिका शर्मीला बर्देवाको ‘यो मुटुको धड्कनले’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । शनिबार गायिका बर्देवाकै च्यानल शर्मीला बर्देवा अफिसियलमार्फत दर्शकमाझ ल्याएको भिडियाको कन्सेप्ट, कोरियोग्राफी र निर्देशन प्रभु गुरुङले गर्नुभएको हो ।

युकेका विभिन्न स्थानमा खिचिएको भिडियोमा मोडलद्वय सलिना थापामगर र सरोज केसी फिचर हुनुहुन्छ । युके निवासी निर्देशक प्रभुले भिडियोमा प्रेम जोडीको सम्बन्धमा आउने आरोह-अवरोहलाई प्रस्तुत गर्नुभएको छ । एसबी म्युजिक वल्र्डको प्रस्तुति रहेको गीतको निर्मातामा सरोज परियार हुनुहुन्छ भने कल्याण सिंहको कम्पोज छ ।

रवि मल्लले लेखेको गीतको भिडियोको छायांकन र सम्पादन सुमन श्रेष्ठले गर्नुभएको हो । गीतको मिक्सिङ प्रदीप जोशीले गर्नुभएको हो भने दिनेश श्रेष्ठको एरेन्ज छ । नवीन निरौलाको कलर ग्रेडिङ्ग रहेको भिडियोमा सुदेश गौचन र नरबहादुर गुरुङ अथिति भूमिकामा हुनुहुन्छ ।
गायिका शर्मीलाले आफ्ना फ्यानहरूका लागि नयाँ कोसेली स्वरूप यो गीत ल्याएको बताउनुभएको छ । उहाँले विगत झै आफ्नो यो गीत पनि दर्शक तथा श्रोताले मन पराउने विश्वास व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?