धादिङ । माछापुच्छ्रे बैंकले धादिङको सिम्लेमा शाखा विस्तार गरेको छ । बैंकले शुक्रबार सिम्लेमा एक सय ६५औँ सञ्चालनमा ल्याएको हो ।
शाखा कार्यालयको नेपाल पेट्रोलियम डिलर राष्ट्रिय महासंघका महासचिव विश्वप्रकाश अर्याल, थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य तथा माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापाले संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो ।
शाखा स्थापनासँगै धादिङमा बैंकका शाखा चार पुगेका छन् । शाखामार्फत् कर्जा, निक्षेपलगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाका साथमा एटिएम सेवा पनि उपलब्ध हुने बैंकले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका