मुलुककै पहिलो स्वचालित आलु उद्योग स्थापनाको तयारी

Read Time = 2 mins

बुटवल । रुपन्देहीमा मुलुककै ठूलो र पहिलो स्वचालित आलु उद्योग स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ । शुद्धोधन गाउँपालिकाको मैनहियामा स्थापना हुन लागेको यो उद्योग वातानुकुलित समेत हुनेछ ।

रुपन्देहीका प्रतिष्ठित उद्योगी कृष्ण पौडेलले फस्ट च्वाइस् फूड प्रालि नामक आलु उद्योगको स्थापना गर्न लाग्नुभएको हो । बुटवलमा मासु उद्योगको सफलतापछि उहाँले आलु उद्योग सञ्चालनमा ल्याउन लाग्नुभएको हो ।

आलु उद्योग अर्थात फ्रेन्च फ्राई उत्पादन गर्ने उद्योगले ६ महिनाभित्र उत्पादन सुरु गर्दैछ । उद्योगी पौडेल नेपालमै मासुलाई आधुनिकीकरण गरेर नमुना उद्योगी बन्नुभएको थियो । करिब दुई अर्ब लागतमा उहाँले अहिले आलु उद्योग सुरु गर्न लाग्नुभएको हो । ‘जर्मन प्रविधिमा आधारित यो उद्योगले अबको ६ महिनामा उत्पादन सुरु गर्नेछ,’ उद्योगी पौडेलले भन्नुभयो ।

उद्योगको उत्पादन क्षमता प्रति घण्टा दुई हजार केजी रहेको र प्रत्यक्ष रुपमा १५० जनाभन्दा बढील रोजगारी पाउँछन् । यो उद्योगले वार्षिक करिब साढे ६ अर्बको आयातलाई घटाउनेछ । हाल नेपालमा वार्षिक करिव १२ अर्वको आलु तथा यसका परिकारहरूको आयात भैरहेको छ । उहाँले अहिले जुन भन्सार दरमा फ्रेन्च फ्राईको आयात भएको छ यसलाई नबढाउन र यथास्थितिमा राख्न आग्रह गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?