काठमाडौं । लायन्स क्लब अफ ओखलढुंगाले नयाँ कार्य समिति चयन गरेको छ । क्लबका फष्ट भाइस प्रेसिडेन्ट गान्धर्वराज पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । गत चैत ६ गते सम्पन्न क्लबको भेलाले लायन वर्ष २०२२/०२३ का लागि पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको थियो ।
प्रत्येक वर्षको जुलाई १ बाट निर्वाचित पदाधिकारीहरूलाई पदस्थापन गर्नुपर्ने लायन्स क्लब इन्टरनेसनलको मान्यताबमोजिम निर्वाचित पदाधिकारीहरूलाई शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पदस्थापन गरिएको क्लबका अध्यक्ष जीवनाथ खतिवडाले जानकारी दिनुभयो ।
पदस्थापित नयाँ कार्य समितिमा फष्ट भाइस प्रेसिडेन्ट पुष्कर अर्याल, सेकेन्ड भाइस प्रेसिडेन्ट कृष्णप्रसाद खनाल, थर्ड भाइस प्रेसिडेन्ट प्रतीक अधिकारी, सचिव कुमारप्रसाद घिमिरे र कोषाध्यक्ष दीपकप्रसा ददाहाल हुनुहुन्छ । त्यसैगरी सदस्यहरूमा देवीप्रसाद दाहाल, वासुदेव भण्डारी, युवराज दाहाल, विष्णुप्रसाद घिमिरे, गिरिराज दाहाल, दिनेशकुमार मगर, सुमित जैन, यादवप्रसाद कोइराला र नरेन्द्र महर्जन हुनुहुन्छ ।
क्लबका चाटर्ड प्रेसिडेन्ट एवम् लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ‘एफ’ कासिनियर सिटिजन चेयर पर्सन हरिप्रसाद दाहाल, क्लबका पाष्ट प्रसिडेन्ट एवं डिष्ट्रिक ३२५ ‘एफ’ अन्तर्गत क्लस्टर ३ का सचिव लेखनाथ दाहाल, पाष्ट प्रसिडेन्ट एवं डिष्ट्रिक ३२५ ‘एफ’ इन्भाइरोमेन्ट चेयरपर्सन तेजप्रसाद धमला, पाष्ट प्रसिडेन्ट एवं डिष्ट्रिक ३२५ ‘एफ’ काजोन चेयरपर्सन चित्रकुमार दाहालले संयुक्तरूपमा नयाँ कार्यसमितिलाई लायन वर्ष २०२२/०२३ का लागि जिम्मेवारी दिएको बताइएको छ ।
नयाँ कार्यभार सम्हालेको पहिलो दिनमै क्लबका पदाधिकारीहरूले विगत चार वर्षदेखि क्यान्सर रोगबाट पीडित ओखलढुंगा जिल्ला सिद्धिचरण नगरपालिका वडा-७, विगुटार घर भई हाल काठमाडौंको बानेश्वर निवासी खेमराज खतिवडालाई ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । २८ नोभेम्बर २०१६ मा लायन्स क्लब इन्टरनेसनलमा दर्ता रहेको लायन्स क्लब अफ ओखलढुंगाले शिक्षा, स्वास्थ्य, पर्यावरण, क्षेत्रमा काम गरिरहेको छ । कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण घरमा खाद्यान्न अभाव भएका करिब तीन सय परिवारलाई खाद्यान्न सहयोग गर्नुका साथै विभिन्न संघसंस्था तथा व्यक्तिलाई माक्स, सेनिटाइजर, साबुनलगायत स्वास्थ्य सामग्री वितरण गरेको थियो ।
सन् १९१७ मा अमेरिकाको सिकागोका बीमा व्यवसायी मेल्भिनजोन्सले प्रथम विश्वयुद्धमा परेका मानिसहरूको सहयोग गर्ने उद्देश्यले लायन्स क्लब इन्टरनेसनलको स्थापना गरेका हुन् । नेपालमा भने विसं १९७१ देखि पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाको अगुवाइमा पूर्वी नेपालको विराटनगरबाट यसको सुरुवात भएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका