राजनीतिमा रुवाइ र हँसाइ !

Read Time = 13 mins
A A- A+

✍️ बद्रीप्रसाद दाहाल

पाँचौं वेद भनेर मानिएको महाभारत भन्छ, ‘जन्मपछि मृत्युु, उत्थानपछि पतन, संयोगपछि वियोग, सञ्चयपश्चात् क्षय निश्चित छ । यो सम्झेर ज्ञानीजन हर्ष र शोकमा वशीभूूत हुुँदैन’ । विश्वभरका राजनीतिलगायत विविध क्षेत्रमा क्रियाशील ज्ञानी अगुवाहरू नौनीजस्तै कमलो र पाषाणझैँ दृढ बनेर परिस्थितिलाई काबुमा राख्न कृतसंकल्पित हुन्छन् ‘त्याज्यं न धैर्यं विधुरेकपि काले । धैर्यात् कदाचित् गतिमाप्नुुयात् सः । यथा समुद्रेकपि हि पोतभंगे । संयात्रिको वाञ्छति तर्तुुमेव’ बोध गरेर । (अर्थात् बुद्धिमान्हरूले संकटको समयमा पनि धैर्य त्याग्दैनन्, किनकि धैर्यबाट गति पाउँन सकिन्छ ।

जसरी समुद्रमा जहाज बिग्रिए पनि त्यसबाट पार पाउन यात्रुहरू विभिन्न तबरले समुुद्र तर्ने प्रयास गर्दछन्) धैर्यलाई नगुमाई चुनौतीसित जुुध्दछन् । कुनै वस्तुको प्राप्तिमा अत्यन्त खुशी भएर मात्तिने र अप्राप्तिमा चरम दुुःखी बनेर आत्तिँदै रुने त बालक, अज्ञानी वा विवेकहीन मानिसहरूको मात्र हो । नीतिले कति मीठो ढंगले बोलेको छ : दुुर्बलस्य बलं राजा, बालानां रोदनं बलम् । बलं मूर्खस्य मौनित्वं, चौराणामनृतं बलम् ।। मतलब दुुर्बल र निमुखाहरूको बल राजा वा देशको प्रमुख हो भने बालकहरूको बल रुवाइ हो ।

त्यसै गरी मूर्खको बल मौनता हो भने चोरहरूको बल ढाँट्नु । यति कुरा पनि हेक्का नराख्ने अबोधहरू कुनै पनि क्षेत्रमा नेतृत्व गर्छु भनेर तम्सनुु केवल केटाकेटीपनको हठमात्र हो जसलाई बालहठ भनिन्छ । नीति बोल्छ : ‘सम्पत्तौ च विपत्तौ च महतामेकरूपता । उदये सविता रक्तो, रक्तः चास्तमये तथा’ ।। अर्थात् : महान् वा ठूला मानिसहरू सम्पन्नता वा विपन्नता सुखद् वा दुःखद् दुुवै अवस्थामा उस्तै हुन्छन्, जस्तै सूूर्य उदाउँदा पनि रातो र अस्ताउँदा पनि त्यस्तै हुन्छ ।

राजनीति के हो ?
नीतिशतकका रचयिता भर्तृहरिले भनेका छन् : राजनीति बेश्यासमान अनेकौँ प्रकारले व्यवहारमा ल्याइन्छ । त्यो कतै झूठ, कतै कठोर र कतै प्रियभाषिणी हुन्छ, कतै हिंस्रक र दयालुु हुन्छ, कतै कृपण त कतै उदार तथा कतै धेरै द्रव्य व्यय गर्ने खालको त कतै धेरै सञ्चय गर्ने खालको हुन्छ । भारतीय स्वतन्त्रता संग्रामका चर्चित नेता बालगंगाधर तिलकले भनेका थिए : राजनीति साधुको लागि होइन । मतलब राजनीति छली, कली, बाहुुबली षड्यन्त्रकारीहरूको नौटंकी हो । अंग्रेजी साहित्यका महान् हस्ती शेक्सपियले पनि राजनीतिज्ञ त्यो जीवन हो जसले ईश्वरलाई धोका दिन्छ भनेर आफ्नो भोगाइको विरेचन गरेका थिए ।

ईश्वरलाई समेत तिरिमिरिझयाइँ पार्नेले मान्छे र सहयोद्धालाई के बाँकी राख्दा हुन् । यो विकृत राजनीतिको चरित्र हो जसलाई आज हामी अनुुभव गरिरहेका छौं । झाँक्री, वैद्य, कविराज, डाक्टर, एक्टर, मास्टर र प्रोफेसर सबै नकामका हुनुु अहिलेको नियति हो । यसै भएर नेपालका एकमात्र राजनेता बिपीले राजनीतिको संकीर्णपनमाथि निर्मम आलोचना गर्दै एक सन्दर्भमा भनेका थिए : राजनीति चारैतिरबाट बन्द छ र कला चारैतिरबाट खुला हुन्छ । पश्चिमी चिन्तक एल लिप्सनले किटानै गरेर भनिदिए-राजनीति विवादको एक निरन्तर प्रक्रिया हो ।

त्यसै भएर अर्का राजनीति चिन्तक क्याटलिनले राजनीतिलाई शक्तिको विज्ञान भनेर अथ्र्याएका छन् । प्रसिद्ध विचारक डिजरायलीले त राजनीति बराबर कुनै अर्को जुवा छैन भनेर मीठो व्यञ्जनाको मुुड्की बजारेका छन् । यसैले राजनीति केही निश्चित संभ्रान्तका फाइदाका लागि अनेकौं व्यक्तिहरूको उन्माद हो भन्ने कुरा बझ्नु राजनीतिक अभिकर्ताको खुुबी हो । त्यसै भएर त हेरनी क्ले भन्ने विचारकले नैतिकता र सिद्धान्तहीन राजनीतिक दलहरूलाई प्रहार गर्दै यो निचोडमा पुुगे : राजनीतिक दल आफ्नो कुरूपता हेर्न लालायित हुन्छन् ।

राजनीति गर्छुु भनेर हिँडेका अभिकर्ताहरू आकाश जस्तै विशाल छाती भएका, समुद्रझैं गहिरो चिन्तन गर्ने तागत र धर्ती जस्तै सहनशील हुनसक्नुुपर्छ । जस्तै विपत्ति आए पनि निर्भय, लालचहीन, संयमी र ओजनदार बन्नसक्नुु अनिवार्य छ । नेपालीमा उखान छ नि ‘बाघको मुख खाए पनि रातै नखाए पनि रातै । हो, आफ्नो जीवनलाई राजनीतिमा आहुति गर्छुु भनेर कसिएकाहरूले शारीरिक भाषादेखि मानसिक भाषासम्म उस्तै दृढ र धैर्यशाली भएर अभिव्यक्तिन सक्नुुपर्छ । भाववेगमा आएर रुँदै कोकोहोलो मच्चाउनुु हुँदैन । ‘पिन्चे प्रशासक, रुन्चे शासक, देश उन्नतिका हुन्छन् घातक’ ।

यो नयाँ भरपर्दो उखान जन्माइदिए बा ! एकीकृत समाजवादीका भर्खरै निवर्तमान भएका मन्त्रीहरूले ! भनेर सञ्जालका जञ्जालदेखि तमाम मिडियामा गुडिया पो बनाइयो दैव ! विचरा विचरीहरूलाई ! ! ! कुनै पनि दल आदर्श, सिद्धान्त र व्यवहारको त्रिवेणीबाट चिप्लिएछि यही हविगत हुन्छ । दलका पिलर भनेर दरिएकाहरू फेलर भएर पदमा तीव्र मोह राखी मोजमस्ती भकुर्न रोई कराई गरी आँसुु झारेर हाइकमानको मासुुनै लुुछ्न तयार पो हुन्छन् त । खादा, माला, पिर्के सलामी, दायाँबायाँ गार्ड राखेर वातानुकूूलित करोडौंका गाडी विलासी भवन र बंगला झल्झल्ती सम्झेर पदमा टाँसिन हरेक नाटक चल्छ ।

उखानकोश पल्टाएर हेर्दा रुन्चेरुन्ची र पिन्चेपिन्चीको त उछित्तै पो काढेको भेटियो । ल हेर्नोस् त घाइतेलाई वाक्पद्धति र आख्यान भण्डारले नाना थरी झटारा हानेका : भो, भो, कुकुरको पिसाप झार्न पर्दैन । रुँदैमा हलुवाईले पेडा दिँदैन । रुँदारुँदा गरेपछि कि आमाले घ्यू हालिदिन्छिन्, कि भात सेलाउँछ । रुन्चे छर्छरी हतपत भात खाँदैनन् । रुने बेलामा रोइनौ चेली अब रोएर के काम ? आँसुु आए रोक्नुुपर्छ, दुःख परे छोप्नुुपर्छ । आँसुु झारेर रुने र दुखेसो पोखेर मन धुने ठाउँ त्यसै कहाँ पाइन्छ र ? पिर नभएको चोला र शिर नभएको खोला हुँदैन । आँसु न साँसुु दुनाभरि मासुु । रोएर बाँच्नुुभन्दा रुवाएर जानुु बेस । रोइरहनुुभन्दा गाइरहनुु निको । रोई कराई के पुुग्छ ? रोएर श्रीमती पाइँदैन ? रूप रुन्छ सीप खान्छ । दुुःखी रुँदा आँसुले पिर्छ, हाँस्दा दाँतले सराप्छ । रोएर राज्य पाइन्छ ? आदि पेचिला कहावतले पद नपाएर वा पद गएर घाइते भएका लघु सोचका कथित राजनीतिक कर्मीमा झन् नुनचुक छर्नु पो हुन्छ ।

आँसु के हो त ? अब केही युुगपुुरुषका उद्गारतिर विचरण गरूँ, केही हदमा रुन्चे रुन्ची पितुुर्के, पिलपिले जमातलाई राहत र प्रेरणा पनि मिल्न सक्छ । ‘सात समुद्रको पानीभन्दा बढी मानव नेत्रहरूबाट धेरै आँसु बगेर सुकेका छन्’, भनेर गौतम बुद्धत्व प्राप्त गर्ने अभियानमा दरबारै छोडे । पश्चिमी चिन्तक बाइरन भन्छन् : ‘आँसु करुणाको थोपा हो’ । तर षड्रिपुु अर्थात् काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यमा लठ्ठ भएर झरेको आँसुमा करुणा हुँदैनमात्र स्वार्थहरू घनीभूूत भएर रहन्छन् । बौद्धिक क्रान्तिका अग्रणी भोल्टेयर बोल्छन् : आँसु पीडाको मौन भाषा हो ।

हो, मन्त्रीको सलामी खाएर धाकरबाफ देखाउँदै कबाफ बैठ्याउन तारे होटललाई पानीपँधेरो बनाएकाहरू त्यो मानबाट अपमानमा पुुग्दा ग्लानि सम्झन्छन् । अल्फ्रेड अष्ट्रिनले नहिच्किचाई भनिदिए : आँसुु आत्माको ग्रीष्मकालीन वर्षा बहार हो । आद्य शंकराचार्य तमाम रुन्चेहरूलाई आत्मबल दिँदै भन्छन् : रुनुु व्यर्थ छ, पराजय स्वीकार गरेर अगाडि बढ । सुुभाषित वचन बोल्छ : कायरहरूमा नै रुने बानी हुन्छ । यही आँसुुको जल्दोबल्दो परिवेशलाई लक्ष्य गरेर हिजोमात्र महाकवि चन्द्र न्यौपानेको तातो ताजा हरफको कविता याद आयो ।

झर्छन् केवल आँसु रोदनसँगै मान्छे बनी जन्मिँदा ।
लाग्ला चोट दुखेन भन्छ कसले आँखा स्वयं घोचिँदा ।।
देख्छस् पक्षविपक्ष आँसुुसँगमा के अर्थ भो जीवन ।
लाग्छन् निष्ठुर राजनीति मत ए धिक्कार तेरो मन !!

आन्दोलन र क्रान्तिको महायज्ञमा सरिक भएर खारिएका भनिने बज्रस्वाँठहरू सत्तापिपासाले कति आक्रान्त छन् भन्ने कुरा पटक–पटक देख्यौं । यसपालि त झनै बढी रुन्चेहाँसो, रोदन, क्रन्दन, आक्रोशका विरूप अनुहारहरू मजैले हेरियो । बन्डावाद, पालोशान्तिको पदको उपभोग र चरम सत्ता दोहनले नेपालको राजनीति हाँसो, आँसुु, वेदना, उत्साह, फुर्केलाल बनेर कमाउ व्यवसायमा परिणत भएकोमा विशाद छ ! त्यसैले त सबै अलजिल्ल, दिक्क र आशाविहीन बनेका छन् नेपाली जनता राजनीति आँसुु झार्ने तमासा र हाँसोको धमाका भएर । अस्तुु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?