उद्योग वाणिज्य संघ सिरहामा सारदाको प्यानल विजयी

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

सिरहा । जिल्ला उद्योग वाणिज्य संघ सिरहाको ३३ औं नगरसभाद्वारा आयोजित निर्वाचनबाट अध्यक्ष पदमा विकास सारदाको प्यानल विजयी भएको छ । निकटतम प्रतिस्पर्धी पशुपति साहभन्दा २२६ मत बढी प्राप्त गर्दै सारदा प्यानलसहित विजयी भएका हुनुभएको हो ।

सारदाले एक हजार ५२७ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी साहले एक हजार ३०१ मत प्राप्त गर्नुभएको थियो ।

निर्वाचन अधिकृत उद्धव हमालले मतगणना सकिसकेको र विकास सारदाको प्यानल विजयी भए पनि आधिकारीक घोषणा हुन बाँकी रहेको बताउनुभयो ।

संघको मतदान १७ असारमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?