रुपन्देहीमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ स्थित दश नम्बर चोकमा गएराती स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ५० वर्षीय तुलसी पाठक रहेका छन् ।

गएराती पौने १२ बजे लु ७९ प ५४९१ नम्बरको स्कुटर पल्टिदा गम्भीर घाइते भएका पाठकको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?