जिल्लास्तरीय रनिङ शिल्डको उपाधि बेसीसहरलाई

हिमालय टाइम्स
Read Time = 1 min

लमजुङ । १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बेसीसहर नगरपालिकाले हात पारेको छ ।

१६ देखि १७ असारसम्म सुन्दरबजार नगरपालिकाको कृषि क्याम्पसमा भएको प्रतियोगितामा २९ पदक हात पार्दै बेसीसहर नगरपालिकाले उपाधि जित्न सफल भएको हो ।

बेसीसहर नगरपालिकाले ११ स्वर्ण, ९ रजत र ९ कांस्य जितेको छ । यस्तै ११ स्वर्ण, ६ रजत र १० कांस्यसहित राइनस नगरपालिका दोस्रो भएको छ भने ८ स्वर्ण, १० रजत र १३ कांस्य सहित सुन्दरबजार नगरपालिका तेस्रो भएको छ ।

१६ गतेबाट सुरु भएको प्रतियोगितामा एथलेटिक्स अन्तर्गत एक सय, दुई सय, तीन सय, चार सय, आठ सय, १५ सय र ३ हजार मिटर दौड, भलिभल, कराँते, हाईजम्प, लङजम्प, त्रिपलजम्प, सटफूटलगायतका विभिन्न विधिका खेल छात्रछात्रा दुर्वतर्फ खेलाइएको जिल्ला खेलकुद समिति लमजुङका अध्यक्ष योगबहादुर गुरुङले बताउनुभयो । प्रतियोगितामा पाँच पालिकाको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?