अवैध लागूऔषधसहित पाँच जना पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कैलाली र पर्सामा अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका-५ चौरीस्थित पानी ट्याङ्की नजिक सडकबाट खैरो हेराेईन जस्तो देखिने डल्लो पदार्थ सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा टिकापुर नगरपालिका-२ बस्ने १८ वर्षीय किशोर सहित ३ जना छन् । उनीहरुको साथबाट १ ग्राम १ सय ७० मिलिग्राम अवैध लागूऔषध खैरो हेराेईन जस्तो देखिने डल्लो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

लु ८३ प २९८३ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूको साथबाट उक्त पदार्थ फेला परेपछि प्रहरीले पक्राउ गरेको हो ।

यस्तै पर्साको वीरगंज महानगरपालिका-१४ गण्डक चोकबाट नियन्त्रित लागूऔषध ४ सय ४९ बोतल विनिसिरेक्स कफ सिरप सहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ बस्ने २५ वर्षीय उमेश बल र २२ वर्षीय राज कुमार स्याङतान रहेका छन् ।

ना ५ ख ३९९० नम्बरको बस जाँच गर्नेक्रममा बसका चालक उमेश र सहचालक राज कुमारलाई उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?