माओवादी बैठकका ९ एजेण्डा, पदाधिकारी टुंगो लगाउन प्रचण्डमाथि दबाब

Read Time = 2 mins

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा नौ एजेण्डामाथि छलफल हुने भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आइतबारबाट जारी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि नौवटा एजेण्डा प्रस्तुत गर्नुभएको छ ।

तीन चल्ने भनिएको बैठकमा अध्यक्ष प्रचण्डले सहिदहरूप्रति श्रद्धाञ्जली, केन्द्रीय समितिका नयाँ सदस्यको सपथ ग्रहण, बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, प्रदेश समितिका अध्यक्ष र इञ्चार्जबाट प्रदेश स्थितिबारे रिपोर्ट, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, संगठनात्मक विषय र संरचनाबारे, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारी र विविध गरी नौवटा एजेण्डा प्रस्तुत गर्नुभएको हो ।

सोही क्रममा प्रदेश समितिका अध्यक्ष र इञ्चार्जले आआफ्नो प्रदेशको स्थितिबारे रिपोर्ट पेस गर्दा जारी बैठकले नै पदाधिकारी टुंगो लगाउनुपर्ने बताएका छन् ।

बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले पाँच दिनसम्म बैठक राखेर भए पनि पदाधिकारी टुंगो लगाउनुपर्ने बताउनु भयो भने मधेश प्रदेशका इन्चार्ज गणेश शाहले मधेश प्रदेशको पदाधिकारी छिटो टुंगो लगाउनुपर्नेमा जोड दिनुभयो ।

स्थानीय तह निर्वाचनमा धाँधली भएकाले छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने र अन्तरघात गर्नेहरूलाई कारबाही गर्नुपर्ने उहाँहरूको माग छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?