बढ्दै कोरोना संक्रमण, आज थपिए ५३ संक्रमित

Read Time = 1 min
A A- A+

काठमाडौं । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ५३ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १२० नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा २० जना कोरोना मुक्त भएका छन् । आज संक्रमणबाट मृत्युदर शून्य छ ।

हाल देशभर ३३३ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरूको होम तथा संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?