क्योकुशिन-सेइसिन कराँतेमा नेपाली टोलीलाई १६ स्वर्ण

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । भारतको चाल्सा, जल्पाइगुरी, पश्चिम बंगालमा तीन दिनसम्म आयोजना भएको ‘११औँ साउथ एसियन फुलकन्ट्याक्ट कराँते प्रतियोगिता २०२२’ मा नेपाली टोलीले १६ स्वर्णपदक जितेको छ ।

नेपाल क्योकुशिन सेइसिन काइकान कराँते संघका अध्यक्ष शिहान अशोककुमार श्रेष्ठको नेतृत्वमा गएको उक्त टोलीले १६ स्वर्ण, सात रजत र आठ कास्य जितेको हो । नेपाली टोली दोस्रो स्थानमा रहृयो । नेपालका तर्पmबाट विजेतामा पुरुष खुला तौल समूहमा (७५ केजीमाथि) विनय सिंह, ७० केजी समूहमा सन्तोषकुमार लामा, ६५ केजी तौल समूहमा विकास गुरुङ (१८ वर्ष माथि), ६५ केजी तौल समूहमा समुन्द्र भट्ट (१७ वर्ष मुनि), ५५ केजी तौल समूहमा चोपबहादुर बुढाथोकी (१८ वर्ष माथि), ५५ केजी तौल समूहमा रक्की यादव (१३ वर्ष मुनि), ५० केजी तौल समूहमा भुपेन्द्र वली (१८ वर्ष माथि), ५० केजी तौल समूहमा रविकिशन यादव (१३ वर्ष मुनि), ४०केजी तौल समूहमा राजाबाबु दास (१० वर्ष मुनि), ३५ केजी तौल समूहमा दर्शन मानन्धर (१० वर्ष मुनि), ३० केजी तौल समूहमा निशान्त श्रेष्ठ (१० वर्ष मुनि) ले स्वर्णपदक हासिल गर्नुभएको थियो ।

त्यसैगरी महिला खुला तौल समूहमा मञ्जु विक, ६० केजी तौल समूहमा पत्रिका चन्द, ५० केजी तौल समूहमा समृद्धि सापकोटा, ४० केजी तौल समूहमा आरती श्रेष्ठ, ३० केजी तौल समूहमा ओलिभिया पुनले स्वर्णपदक हासिल गर्नुभएको थियो ।

रजत पदक हासिल गर्नेहरूमा पुरुष खुला तौल समूहमा शाहिलबहादुर श्रेष्ठ, ७० केजीमा रवि यादव (१७ वर्ष मुनि), ६० केजी तौल समूहमा रमेश बिक (१८ वर्ष माथि), ६०केजी तौल समूहमा सन्दिप पटेल (१७ वर्ष मुनि), ५५ केजी तौल समूहमा छविलाल खड्का (१८ वर्ष माथि), ४६ केजी तौल समूहमा अनिश चौधरी (१३ वर्ष मुनि) ले रजत पदक हासिल गर्नुभएको थियो भने महिला ५० केजी तौल समूहमा अनुपा नेपाली रहनुभएको छ ।

त्यसैगरी पुरुष खुला तौल समूहमा मनोज थपलिया, ५५ केजी तौल समूहमा निखिल राउत, ५० केजी तौल समूहमा अस्मित गिरी, ४६ केजी तौल समूहमा रोहण लामा, ४२ केजी तौल समूहमा सन्तोष श्रेष्ठ, ४० केजी तौल समूहमा प्रशान्त ठाकुर, ३८ केजी तौल समूहमा रोशन लामाले रजत पदक जित्नुभयो । महिला ४६ केजी तौल समूहमा संस्कृति सापकोटाले रजत पदक प्राप्त गर्नुभएको थियो ।

उक्त साउथ एसियन प्रतियोगितामा नेपालका तर्फबाट क्योकुशिन सेइसिन संघले खेलाडीहरू, कोच, रेफ्री तथा विभागीय टिम नेपाली सेना गरी ४५ जनाको टोलीलाई सहभागी गराएको थियो । उक्त साउथ एसियन प्रतियोगिताका लागि नेपालका तर्फबाट टिम मेनेजरमा वरिष्ठ उपाध्यक्ष हेमा मानन्धर, रेफ्रीहरूमा बद्री थापामगर (नेपाली सेना), अमित तामाङ (नेपाली सेना), सुनिल नगरकोटी (नेपाली सेना) तथा प्रशिक्षक जेनकुमार तामाङले सहभागिता जनाउनुभएको थियो ।

कार्यक्रमको उद्घाटन समारोहमा नेपालका मिस नेवाः नेपाल २०२१ विजेता कृषा महर्जन तथा मिस नेवाः नेपाल २०२२ विजेता सलिना महर्जनलाई विशेष आतिथ्यताका रूपमा भव्य स्वागत तथा सम्मान गरिएको थियो भने समापन समारोहमा मिस बंगाल २०२२ मिस अनिशा सेवाले प्रमुख आकर्षणका रूपमा विशेष उपस्थिति जनाउनुभएको थियो भने कार्यक्रममा भारतका कराँतेका वरिष्ठ गुरुहरू हान्शी दिपक भुजेल, हान्शी पण्डित सुरेन्द्रप्रसाद शर्मा, शिहान पंकज कुमार सहनी, शिहान प्रेमचन्द्र सिंंहको विशेष उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?