भारतीय दूतावासद्वारा ७५ एम्बुलेन्स र १७ बस उपहार

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भारतीय दूतावासले ७५ एम्बुलेन्स र १७ बस उपहार दिएको छ । नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी र नाफामूलक संस्थाहरूलाई काठमाडौंस्थित भारतीय दूतावासले बस र एम्बुलेन्स उपहार दिएको हो । भारत सरकारको अनुदान सहायताअन्तर्गत ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहारस्वरूप प्रदान गरिएको भारतीय दूतावासले जनाएको छ ।

बस र एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको समुपस्थितिमा भारतीय राजदूत नवीन श्रीवास्तवले चाबी प्रदान गर्नुभएको थियो । भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ कार्यक्रमअन्तर्गत यी एम्बुलेन्स र बस हस्तान्तरण गरेको भारतीय दूतावासले जनाएको छ ।

कार्यक्रममा मन्त्री पौडेल र नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपाल र भारतको सम्बन्ध बलियो र सहयोगीपूर्ण हुने बताउनुभयो । भारतले सन् १९९४ यता नेपालका विविध जिल्लामा अवस्थित विभिन्न संस्थाहरूलाई ९४० वटा एम्बुलेन्स र १८४ वटा विद्यालय बस उपहारस्वरूप प्रदान गरिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?