असार २४ मा निता र हरिहरको बिहे

Read Time = 2 mins

काठमाडौं । नायिका नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारीको प्रेमको चर्चा निकै हुन्छ । पछिल्लो समय उहाँहरूको बिहेको समेत निकै चर्चा भइरहेको थियो । विशेषगरी आफूहरूको प्रेम सम्बन्ध स्वीकार्दै आउनुभएका नीता र हरिहरले आफूहरूले बिहेको मिति तोकिनसकेको जानकारी गराउँदै आउनुभएको थियो । तर मिडियामा छिट्टै बिहे गर्ने खबर बाहिरिएका थिए ।

अब भने असार २४ गते उहाँहरूले बिहे गर्ने पक्का भएको छ । यसअघि खुलेर नबोलेपनि अब विवाहको कार्ड नै बाहिर आएको छ । अहिले बिहेको निम्ता दिन थालिएको छ । कार्डमा उल्लेख भएअनुसार, दरबारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतिमा बिहान १० बजेदेखि विवाह समारोह सुरु हुनेछ । विवाहमा दुई पक्षका परिवारका सदस्य र आफन्तसँगै दुलहा र दुलहीका केही नजिकका फिल्मकर्मी मात्र सहभागी हुनेछन् ।

यो जोडीले रिसेप्सन पार्टी असार २६ गते याक एण्ड यति होटलमै दिन लागेको जानकारी प्राप्त छ । उहाँहरूको रिसेप्सन पार्टीमा भारतबाट ‘गजनी’ भिलेन प्रदीप रावत नेपाल आउने चर्चा छ । उहाँ नीता र हरिहरले निर्माण गर्न लागेको चलचित्र ‘ह्रस्व दीर्घ’मा मुख्य भूमिकामा देखिँदै हुनुहुन्छ । विवाह बन्धनमा बाँधिएको केही महिनामा ‘हनी जोडी’ले आफ्नो ड्रिम प्रोजेक्टको सुटिङ सुरु गर्नेछ ।

२०७६ सालको कात्तिकमा विरगञ्जमा भएको ‘नेपाली चलचित्र स्वर्णीम महोत्सव’मा सहभागी हुने क्रममा अभिनेत्री उहाँहरूबीच निकटचा बढेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?