काठमाडौंमा सिटिजन्सका थप तीन शाखा

Read Time = 1 min

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौंमा थप तीन शाखा विस्तार गरेको छ । बैंकले काठमाडौंको ठूलो भर्‍याङ, थली र बुढानीलकण्ठमा शाखा विस्तार गरेको हो ।

पछिल्ला शाखासँगै बैंकको शाखा संख्या एक सय ७६ पुगेको छ । बैकले शाखामार्फत् ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य रहेको जनाएको छ ।

शाखामार्फत् सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवा छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा प्रदान गरिने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?