१० लाख वृक्षारोपण अभियान

Read Time = 2 mins

काठमाडौं । लुम्बिनी विश्व शान्ति मञ्चले आइतबार पनौती नगरपालिका-३ देउती बजै सामुदायिक वनमा ‘१० लाख वृक्षारोपण तथा संरक्षण अभियान’ अन्तर्गत वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । मञ्चका अध्यक्ष वासु गौतमको सभापतित्वमा भएको कार्यक्रममा पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारीले पर्यावरण क्षेत्रमा मञ्चले आयोजना गरेको १० लाख वृक्षारोपण कार्यक्रमको सफलताको शुभकामना दिँदै आफ्नै गृहनगरमा पनि वृक्षारोपण कार्यक्रम सञ्चालन गरेकोमा खुसी व्यक्त गर्नुभयो । साथै आगामी दिनमा पनौती नगरपालिकाले पनि मिलेर वृक्षारोपण कार्यक्रम गरी नगरपालिकालाई हरित बनाउने अभियानमा मञ्चसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा पनौती नगरपालिका-३ का वडाध्यक्ष विष्णु सापकोटा र लक्ष्मी बैंकको सामाजिक उत्तरदायित्व संस्था लक्ष्मी केयर्सका अध्यक्ष शिशु जोशी, नेपाली सेना कालीजंग गण धुलिखेलका गणपति प्रमुख सेनानी मिलन थापा, लक्ष्मी बैंकका बागमती प्रदेश प्रमुख प्रतिश केसी, पनौतीका शाखा प्रमुख जमुना मोक्तान, भकुण्डे शाखा प्रमुख सुमन मानन्धर, कालीजंग गणका मेजर राजेश कार्की, सामाजिक अभियन्ता कृष्ण सापकोटा, कर्णबहादुर सापकोटा, लक्ष्मण सापकोटा, ग्रिन हृयान्ड्स नेपालकी अध्यक्ष अर्पणा पोखरेल, मञ्चका महासचिव धिरेन्द्र पन्तलगायतको उपस्थिति रहेको थियो । आगामी वृक्षारोपण कार्यक्रम यही महिनाको अन्त्यतिर रूपन्देहीमा हुने मञ्चले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?