नयाँ मोडलका दाहुवाका सिसिटिभी

Read Time = 2 mins

काठमाडौं । नेपाली बजारमा दाहुवाको आधिकारिक बिक्रेता कम्पनी विध म्यानेजमेन्टले नयाँ मोडल तथा अत्याधुनिक सिसिटिभी ल्याएको छ । कम्पनीले घर, अफिस, टोल बस्ती, स्कुल कलेज, सपिङ मल, हाउजिङ तथा हाइवेका लागि उपयुक्त हुने अत्याधुनिक सिसिटिभी उपलब्ध गराउँदै आएको छ । नेपाली ग्राहकको माग र रोजाइका आधारमा आयात दाहुवाका सिसिटिभी उपयुक्तमात्रामा स्टकमा रहेको कम्पनीले जनाएको छ ।

हाल आयातित सिसिटिभीमा अहिले बजारमा उपलब्धभन्दा आधुनिक सेडुयल एआई टेक्नोलोजीमा आधारित, स्मार्ट मोसन डिटेक्सन प्लस, फेस डिटेक्सन/रिक्कनाइजेसन, पेरिमिटर डिटेक्सन गर्ने, नाइट कलर फ्युजन टेक्नोजोलीसहित आवाज रेकर्डिङ गर्न सक्ने विशेष सुविधा रहेको बताइएको छ ।

त्यसैगरी मानिस तथा सवारीसाधन आवतजावत तथा चहलपहलमात्र रेकर्डिङ गर्ने फोर के रियल टाइम फिचर भएको, हाइवेमा उपयुक्त हुने पिटी जेडलगायतका अटो नम्बर प्लेट डिटेक्सन, यातायातका साधनका मोडल र रङ पत्ता लगाउने भेइकल मेटा डाटा, मानिसले मास्क लगाए पनि अनुहार पत्ता लगाउने हृयुमन मेटा डाटा, तापक्रम पत्ता लगाउन सक्ने थर्मल क्यामेरा रहेको कम्पनीको दाबी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?