पर्यटन उद्योग पुनरुत्थानका लागि आन्तरिक पर्यटन

Read Time = 16 mins
A A- A+

✍️ के.बी. बस्नेत
आज विश्व नै कोभिडबाट प्रभावित भएको छ । यसमा पनि विशेषत : पर्यटन उद्योग बढी प्रभावित भएको छ । सन् २०२० मा विश्व बैंकद्वारा प्रकाशित एक प्रतिवेदन अनुसार नेपालमा पर्यटन उद्योगका लागि उपयुक्त वातावरण बन्दै गएको कुरा प्रतीत हुन्छ । उक्त प्रतिवेदनका अनुसार उक्त उद्योग सञ्चालनको सहजताका सूचकमा ६३.२ सहित विश्वका १ सय ९० अर्थतन्त्रमध्ये ९४औं स्थानमा नेपाल रहेको छ । तर सन् २०१९ को अन्त्यतिर देखापरेको कोभिडले यहाँको पर्यटन उद्योग धेरै प्रभावित भएको छ ।

वस्तुतः आज कोभिडबाट विश्वको आन्तरिक पर्यटन उद्योगबाट २.८६ मिलियन डलर घाटा भएको छ भने ५० प्रतिशत राजस्वमा गिरावट आएको छ । फलतः विश्व पर्यटन बजारलाई नै तहसनहस बनाएको छ । नेपाल पर्यटन बोर्डको एक प्रतिवेदन अनुसार नेपालको पर्यटन क्षेत्रमा प्रतिदिन १० अर्ब नेपाली रुपैयाँबराबरको नोक्सानी भइरहेको छ । सन् २०२१ को मे महिनामा एक प्रतिष्ठित व्यक्तिले पर्यटनसम्बन्धी उद्योगमा गरिएकोे गरेको एक अध्ययनमा उक्त उद्योगको अवस्था चिन्तनीय देखिन्छ ।

लामो अवधिसम्म पर्यटन उद्योगसँगै सम्बन्धित उद्योगमध्ये ९४ प्रतिशत बन्द गरिएको थियो । यसमध्ये १७ प्रतिशत पूर्णरूपले बन्द गरिएको थियो । फलतः आज यी उद्योगमध्ये १७ प्रतिशत ऋषमा डुबेका छन् । यतिमात्र होइन यी उद्योगहरूमा काम गर्ने ६५ प्रतिशत कामदार बेरोजगार भएका छन् भने हाल ३५ प्रतिशत कामदारले मात्र रोजगारी प्राप्त गरेका छन् ।

यस्तो अवस्थामा आन्तरिक पर्यटनको ठोस विकास गर्न सकेमा कुनै पनि देशको अर्थतन्त्रमा केही योगदान पुग्न सक्नेछ । तर, यसका लागि उक्त क्षेत्रमा हतोत्साहित भएका लगानीकर्तालाई आकर्षित गर्न एकातिर पर्यटन सुरक्षा कोषको स्थापना गर्न आवश्यक छ भने अर्कोतिर वित्तीय सहयोग, रोजगार कोषको स्थापना, व्यवसायीलाई केही वर्षका लागि कर छुट र शून्य व्यजदरमा कर्जाको व्यवस्था गर्न जरूरी छ । यसबाहेक सरोकारवालाको क्षमता अभिवृद्धि एवं निजी साझेदारीलाई प्रत्साहित गर्न उत्तिकै आवश्यक छ ।

कोभिड-१९ को महामारीबाट आज बाहृय पर्यटन धराशायी बनेकाले आन्तरिक पर्यटनलाई बढावा दिन आवश्यक छ । कोरोनाको अन्त्य हुने निश्चित नभएकाले अब यहाँका युवायुवतीहरूले विदेश होइन स्वदेश घुम्न लालयित हुनु जरुरी छ । यस्तो भएमा आन्तरिक पर्यटन चलायमान भई नेपाली अर्थतन्त्रमा परिणाममुखी परिवर्तन आउनेछ । परन्तुः यसका लागि सबै व्यक्ति आकृष्ट हुनुपरेको छ ।

वस्तुतः नेपाल एक खुला विश्व विद्यालय नै हो जहाँ पहाड, झर्ना, तालतलैया, गुफा, सामाजिक रहनसहन र विविध जनजातिका आ-आफ्नै परम्परा छन् । यिनीहरूको अध्ययन र अनुसन्धान गर्न जरुरी छ । यस्तो अध्ययनलाई कल्चरल डिप्लोम्यासी भनिन्छ । जसको प्रवद्र्धन गर्न आवश्यक छ । कोरोना महामारीको यो कठिन परिस्थितिमा उक्त डिप्लोम्यासीले महत्वपूर्ण भूमिका खेल्न सक्छ । वास्तवमा नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले सोही डिप्लोम्यासी उपयोग गरी टुक्रिएको नेपाललाई एकीकरण गर्न सफल भएका थिए ।

यथार्थतः आज विश्वभरि जातीय पहिचानको कुरा उठिरहेका बेला पर्यटनको माध्यमबाट आआफ्ना सांस्कृतिक पहिचान गराउन सकिन्छ । सदैव हात बाँधेर बस्यौं भने मुख र पेट पनि बन्द गर्ने अवस्था आउन सक्छ । त्यसैले अब कोभिड-१९ सँगै सम्पूर्ण पुरुष तथा महिला पनि गतिशील हुनुको विकल्प छैन । केही वर्षयता आन्तरिक पर्यटनको महत्व दिनप्रतिदिन बढिरहेको छ । वास्तवमा नेपालमा विविध धार्मिक, सामाजिक र सांस्कृतिक परम्परा हुनाले यही विविधता हेर्न पर्यटकहरू आकृष्ट हुन्छन् ।

आज पश्चिमा देशहरूमा इकोटुरिजम र कल्चरल डिल्लोम्यासीसम्बन्धी धेरै काम भएका छन् । पर्यटकले अनलाइन र इन्टरनेटको माध्यमबाट आफूले पुगेका देश र स्थानको बारेमा प्रचारप्रसार गरिरहेका छन् । यसबाट धेरै व्यक्ति लाभान्वित भएका छन् । वास्तवमा एडमन्ड हिलारी र तेन्जिङ शेर्पाले सरमाथा चढेपछिमात्र नेपालका हिमालको धेरै प्रचारप्रसार भयो । फलतः यो देशलाई विश्वले चिन्न थाले । विगतमा जति विदेशीहरू नेपाल घुम्न आए र उनीहरूले नेपालको बारेमा धेरैलाई जानकारी गराए ।

वर्तमान समयमा विश्वका धेरै मानिस शहरभन्दा गाउँ बढी घुम्न चाहन्छन् । कोभिड-१९ ले धेरैजसो मानिसलाई शहर वाक्क लाग्न थालेको छ । वर्तमान समयमा ग्रामीण क्षेत्रको महत्व दिनप्रतिदिन बढिरहेको छ । मानव स्वभावले नै प्रकृतिको नजिक रहेर जिउन चाहन्छ । त्यसैले ऊ शहर होइन हिमाल, पहाड, नदीनाला, तालतलैया, सिमसार रग्रामीण जीवनमा बाँचेका मानिसका रहस्यमय जिन्दगीको बारेमा अनुघुलित हुन सिकाउँछ ।

धेरैजसो नेपाली आफूलाई प्राकृतिक रूपमा सम्पन्न ठान्छन् । परन्तु यहाँ उभिरहेको सगरमाथा र सुतिहेको तराई हेर्नमात्र पहिलाका जस्ता धेरै पर्यटक आउँदैनन् । अब लुम्बिनी र सगरमाथाको विज्ञापले मात्र विदेशी पर्यटकलाई आकर्षित गर्न सक्दैन किनभने आजकाल उनीहरू केही नयाँ स्थान वा दृष्य देख्न चाहन्छन् । उनीहरूको बसाइ लम्ब्याउनसकेमात्र पर्यटन उद्योगबाट फाइदा लिन सकिन्छ, जसका लागि शहर केन्द्रित देवीदेवताका मन्दिरमात्र पर्याप्त छैनन् । आगामी दिनमा विदेशी पर्यटकलाई शहरमा होइन गाउँघरमा आकर्षित गर्न सक्नुपर्छ । अब शहरको विज्ञापन होइन गाउँको विज्ञापनमा विशेष जोड दिनुपर्छ । जसले गर्दा गाउँ नै नेपाल हो भन्ने कुरा बुझ्न सकियोस् ।

वर्तमान सरकारले पर्यटकलाई गाउँ जान प्रेरित गर्नुपर्छ किनभने यहाँ बेरोजगारीका समस्या दिनप्रतिदिन बढ्दो क्रममा छ । यहाँका युवायुवतीलाई खाडी मुलुक जान रोक्न ग्रामीण पर्यटन र होमस्टे सञ्चालनमा सरकारले ध्यान दिनु जरुरी छ । यसो गर्न सकेमा विदेशी पर्यटकले केही नयाँ अनुभूति गर्नेछन् । आगामी दिनमा पर्यटकलाई पशुपतिनाथ, स्वयम्भू र ठमेलको गल्लीमा मात्रै सीमित राख्न सकिने छैन किनकि यो कुरा अब पुरानो भएको छ ।

नेपालमा घुम्न आउने धेरै पर्यटक आर्थिक रूपले त्यति सम्पन्न हुँदैनन् । उनीहरू थोरै खर्च गरेर बढी अवलोकन गर्न चाहन्छन् । वास्तवमा उनीहरूको यहाँको बसाइ बढाएर बढी फाइदा लिने हो भने ग्रामीण पर्यटन र होमस्टेलाई बढी जोड दिनुपर्छ । वस्तुतः पर्यटकका लागि काठमाडौं एक ट्रान्जिट प्वाइन्टमात्र हो । वर्तमान अवस्थामा पर्यटनबाट फाइदा लिन ग्रामीण पर्यटन र होमस्टे सञ्चालका आधारशिला खडा गर्न जरुरी छ । सरकारले निजीस्तरबाट सञ्चालनमा आएको होमस्टे, रिसोर्ट र ग्रामीण क्षेत्रमा खोलिएका होटेलहरूलाई सहुलियत ऋण प्रदान गर्नुका साथै करमा छुट दिएर उनीहरूका व्यापारिक मनोबल बढाउनु जरुरी छ ।

वर्तमान परिस्थितिमा निजी तथा साझेदारीमा खोलिएका ग्रामीण होमस्टेको विकास गर्नुपर्छ । यसो गर्न सकेमा आन्तरिक पर्यटकबाट पनि धेरै आम्दानी हुन सक्छ । नेपालीहरूले अब विदेश होइन स्वदेश घुमेर आफ्नो राष्ट्रको आन्तरिक पर्यटनलाई मौलाउन सघाउ पुर्‍याउनुपर्छ । उक्त पर्यटनलाई बढावा दिनसके देशका विभिन्न ठाउँमा निजी तथा साझेदारीमा खोलिएका होमस्टेका सञ्चालक बेरोजगार हुने छैनन् । योबाहेक गाउँलेसँग रमाइलो गर्ने र उनीहरूको खेतबारीमा उब्जेको आर्गानिक खाना खाने गर्नाले स्थानीय संस्कृतिको आदानप्रदान भई यहाँको आर्थिक विकासमा केही हुनेछ ।

कोभिड-१९ को महामारीसँगै जारी गरिएको बन्दाबन्दीले समाजका धेरै क्षेत्रमा गहिरो प्रभाव पारेको छ । बन्दाबन्दीले आममानिसको जीवनमा गम्भीर समस्या सिर्जना भए पनि केही सकारात्मक प्रभाव देखिन थालेका छन् । धेरै व्यक्तिको दैनिकीमा आएका परिवर्तनले भ्रमण संस्कृतिको विकास हुन थालेपछि धेरै ठाउँमा आन्तरिक पर्यटन फष्टाउन थालेपछि धेरै गाउँ होस् वा शहर बजार सबै ठाउँका मानिसमा फुर्सदमा घुम्न जाने बानी बन्दाबन्दीकै कारण विकास भएको देखिन्छ ।

बन्दाबन्दीपछि लेक लाग्ने, न्यूनतम पर्यटकीय पूर्वाधारको अभाव, भ्रमण सहयोगीको कमी खानेबस्ने समस्या रहे पनि नेपाल–भारत सीमावर्ती क्षेत्रहरूमा प्रत्येक दिन सयौं आन्तरिक पर्यटक पुग्न थालेका छन् जहाँ कतिपयले त आफ्नै गाडी र बन्दोबस्तीका सामग्री ल्याएर रमाइलो गर्छन् । वस्तुतः आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सरकारले नीतिनियम नबनाएको होइन तर यिनीहरू कार्यान्वयन गर्न नसक्नाले खासै सकारात्मक प्रभाव पर्न सकेको छैन ।

कोभिड–१९ को महामारीसँगै जारी गरिएको बन्दाबन्दीले समाजका धेरै क्षेत्रमा गहिरो प्रभाव पारेको छ । बन्दाबन्दील आममानिसको जीवनमा गम्भीर समस्या सिर्जना भए पनि केही सकारात्मक प्रभाव देखिन थालेका छन् । धेरै व्यक्तिको दैनिकीमा आएका परिवर्तनले भ्रमण संस्कृतिको विकास हुन थालेपछि धेरै ठाउँमा आन्तरिक पर्यटन फष्टाउन थालेको छ । गाउँ होस् वा शहर बजार सबै ठाउँका मानिसमा फुर्सदमा घुम्न जाने बानी बन्दाबन्दीकै कारण विकास भएको देखिन्छ ।

बन्दाबन्दीपछि लेक लाग्ने, न्यनूतम पर्यटकीय पूर्वाधारको अभाव, भ्रमण सहयोगीहरूको कमी, खाने बस्ने समस्या रहे पनि नेपाल भारत सीमावर्ती क्षेत्रहरूमा प्रत्येक दिन सयौं आन्तरिक पर्यटक पुग्न थालेका छन् जहाँ कतिपयले त आफ्नै गाडी र बन्दोबस्तीका सामग्री ल्याएर रमाइलो गर्छन् । सरकारले पर्यटन क्षेत्रलाई आर्थिक विकासको महत्वपूर्ण आधारको रूपमा लिई उक्त क्षेत्रलाई प्राथामिकतामा राखेको छ । पर्यटन सेवाको गुणस्तर वृद्धि गरी विदेशी मुद्राको आर्जन बढाउने र रोजगारीका अवसरहरू बढाइ सर्वसाधारणको जीवनस्तर उकास्ने सरकारको लक्ष्य स्वागतयोग्य छ । तर विगतमा चरणबद्ध कोरोना महामारीले नेपालमा तत्काल अपेक्षित विदेशी पर्यटकको आगमनको सम्भावना कम छ । यस्तो परिस्थितिमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न जरुरी छ ।

नेपाल सरकारले विगतमा बजेटमार्फत घोषणा गरेको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न, निजामती, सार्वजनिक र प्रतिष्ठानका कर्मचारीलाई दश दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलब्ध गराउने व्यवस्था गरेको छ । यसलाई यथाशीघ्र कार्यान्वयन गर्न आवश्यक छ । वस्तुतः पर्यटन काजसम्बन्धी व्यवस्थाको सफल कार्यान्वयन हुनुसकेमा यसले महामारीले सुस्ताएको पर्यटन क्षेत्रलाई गति प्रदान गर्न र आर्थिक पुनरुत्थानमा सहयोग पुग्न सक्छ । यसबाहेक निजी क्षेत्रलाई प्रोत्साहन गर्नु आवश्यक छ । वस्तुतः आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सरकारले नीतिनियम नबनाएको होइन तर यिनीहरू कार्यन्वयन गर्न नसक्नाले खासै सकारात्मक प्रभाव पर्न सकेको छैन । त्यसैले भविष्यमा सरकारले कार्यान्वयन पक्षलाई विशेष जोड दिन नितान्त आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?