काठमाडौं । साबिक विजेता नोभाक जोकोभिच सातौँ विम्बल्डन जित्ने योजना साकार बनाउन क्वाटरफाइनल प्रवेश गरेका छन् । चौथो सेटमा डच खेलाडी टिम भान रिजथोभेनलाई ३-१ ले हराउदै जोकोभिच अन्तिम आठमा प्रवेश गरेका हुन् ।
सेन्ट्रल कोर्टमा पहिलो सेट ६-२ ले जितेका जोकोभिचले दोस्रो सेट ४-६ ले गुमाएका थिए । तेस्रो र चौथो सेट भने क्रमश जोकोभिचले १०४औं वरियताका भानबिरुद्द ६-१ र ६-२ ले जिते ।
अब २० पटक ठूला उपाधि जितिसकेका ३५ वर्षिय जोकोभिचले सेमिफाइनल प्रवेशका लागि इटालीयम जानिक सिनेरको सामना गर्नेछन् ।
१०औँ वरियताका सिनेरले स्पेनिस खेलाडी कार्लोस अल्कारेजलाई ६-१ ६-४ ६-७(८-१०) ६-३ ले पराजित गरे ।
जोकोभिच १३औं पटक बिम्बल्डनको क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
गरौँ योग : भगाऔँ रोग
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कला क्षेत्रबाहेक मैले आफूलाई अलग
कविता : निमन्त्रणा छ बालेन