काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणका लागि असार २० बाट आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।
निष्काशन गरिने कुल सेयरमध्ये ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित र लगानीकर्ताले बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा एक लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा असार २३ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद साउन २ गतेसम्म लम्बिनेछ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
गरौँ योग : भगाऔँ रोग
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कला क्षेत्रबाहेक मैले आफूलाई अलग
कविता : निमन्त्रणा छ बालेन