एनआईसी एसियाद्वारा ओम्नी च्यानलमा मोबाइल बैंकिङ एप स्तरोन्नति

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । एनआईसी एसिया बैंकले मोबाइल बैंकिङ एपलाई ओम्नी च्यानल एपमा स्तरोन्नति गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुसार एनआईसीले डिजिटल सुविधाहरू स्तरोन्नति गरिरहेको छ ।

ओम्नी च्यानल एपमार्फत जुनसुकै स्थान र जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ सेवा उपयोग गर्न सकिनेछ । हाल एनआईसी एसियाका मोबाइल बैंकिङ प्रयोगकर्ताले त्यसैलाई अपडेट गरेर ओम्नी च्यानलमा स्तरोन्नति गर्न सक्नेछन् । यस्तै नयाँ ग्राहकले प्ले स्टोरबाट डाउनलोड गरी एप प्रयोग गर्न सक्नेछन् ।

सो एपबाट ग्राहकले नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन दिनेदेखि नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्डका लागि अनुरोध गर्न सक्नेछन् । साथै मुद्दती खाता खोल्ने, चेक अनुरोध गर्ने, ई-कमर्श सुरु गर्नेलगायत सेवा लिन सक्ने बैंकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?