छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मकवानपुर, सुनसरी र दाङमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मकवानपुरको बागमती गाउँपालिका-७ पाथीभरामा ना‍ ६ त ८०७३ नम्बरको ट्रयाक्टर सोमबार दुर्घटना हुँदा सोही ठाउँ बस्ने १६ वर्षीया सलिना राईको मृत्यु भएको हाे ।

विद्यालयबाट पैदल घरतर्फ फर्कने क्रममा ट्रयाक्टरले च्यापिएर गम्भीर घाईते भएकी उनको हेटौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा ट्रयाक्टरमा सवार २६ जना सामान्य घाइते भएका थिए । हाल फरार रहेका ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस्तै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-५ स्थित सडकमा को २८ प ४०९३ नम्बरको मोटरसाइकल र को १९ प ९९६५ नम्बरको अर्को मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा को १९ प ९९६५ नम्बरको मोटरसाइकल चालक रजाक मिया रहेका छन् । दुर्घटनामा घाइते ३ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?