Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

कुकुरले टोकेको झोंकमा दिल्लीका एक व्यक्तिले मालिकलाई रडले रामधुलाई गरेपछि….

Read Time = 2 mins
A A- A+

नयाँ दिल्ली । छिमेकीको कुकुरले भुकेर टोक्न थालेपछि पश्चिम दिल्लीका एक व्यक्तिले ककुरसहित तीन जनालाई फलामको रडले आक्रमण गरेका छन् । ती व्यक्तिले कुकुरलाई पनि हिर्काएर गम्भीर घाइते बनाएका छन् । सो घटनाको सम्पूर्ण विवरण नजिकै राखिएको सीसीटीभी फुटेजमा देखिएको हो ।

धरमवीर दहिया सोमबार बिहान टहल्दै गर्दा छिमेकी रक्षितको कुकुरले भुक्न थाल्यो । कुकुरको भुकाइबाट दिक्क बनेका दहियाले कुकुरलाई पुच्छर समाते र धकेलिदिए ।

आफूले पालेको जनावरलाई उद्धार गर्न मालिक आउँदा दहियाले मालिकलाई पनि हिर्काएका थिए । ककुरलाई रडले हानेर भुईमा पछारेपछि उनले मालिकलाई पनि हिर्काएका थिए । एकपछि अर्कालाई हिर्कापछि अर्का पुरुषले हस्तक्षेप गरेका थिए । कुकुरको विषयलाई लिएर दहियाल र तेस्रो व्यक्तिबीच झगडा भएको थियो ।

दहियाले परिवारकी एक महिलालाई पनि रडले हानेका थिए । घटनाको भिडियोमा क्रुद्ध ती व्यक्तिले महिलालाई आफ्नो घरमा प्रवेश गर्नबाट रोक्न खोज्दा रडले हिर्काएको देखाइएको छ । यसैबीच, कुकुरले टोकेका दहियाको अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
–एजेन्सी

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?