समिति बैठकमा सभापति र सांसद चौधरीबीच भनाभन

Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेकी सांसद गंगा चौधरीले इन्स्पेक्टरसम्मको सरुवा, बढुवा गर्ने अधिकार प्रदेशलाई दिनुपर्ने बताउनुभएको छ ।

सोमवार राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसद चौधरीले प्रदेशको अधिकारलाई केन्द्रबाट खोस्न नहुने र इन्सपेक्टरसम्मको सरुवा, बढुवाको अधिकार प्रदेशलाई दिन माग गर्नुभएको हो ।

उहाँले अहिलेसम्म प्रदेशलाई सिपाहीलाई समेत सरुवा गर्ने अधिकार नरहेको भन्दै यो कुरा संघीय संरचनाको बिरुद्धमा भएको बताउनु भयो । सांसद चौधरीले १० वर्षे जनयुद्धताका विभिन्न त्रास देखाएर जागिर छोड्न बाध्य बनाएकलाई उमेर हद ननाघिसकेका व्यक्ति हेरेर प्रदेश प्रहरी र केन्द्रिय प्रहरीमा भर्त गर्नुपर्ने बताउनु भयो ।

सांसद चौधरी र वरिष्ठताका आधारमा सभापतित्वको भुमिका निभाउनुभएका सांसद मुकुन्द न्यौपानेबीच समितिमै भनाभन समेत भएको थियो । बैठकमा सभापति न्यौपानेले प्रतिनिधि सभाको बैठक रहेकोले समय घटाएर बोल्न भनेपछि सांसद चौधरीले समय नभए किन बोलाउनुभएको ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँहरुको जवाफ, प्रतिजवाफ यस्तो छः
‘सांसद चौधरीः संसद छ भने भोलि बैठक बोलाउनुस् ।
सभापतिः तपाई छोटो बोल्नुस्
चौधरीः हामीलाई किन बोलाउनु भयो त ? हामीलाई संशोधन नहाल्नुस् भन्नुपथ्र्यो नि त ।
हाम्रो आफ्नो कुरा राख्न दिनुहुन्न ? आज नभ्याए अर्को दिन बोलाउनुस् न बैठक ?

सभापतिः एक घण्टा बोलिरहन पाए डिस्टर्ब नहुने ? आफूलाई सुधार्नुस् ।’

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?