राष्ट्रपतिसमक्ष नवनियुक्त तीन मन्त्रीको शपथ

Read Time = 1 min

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीनजना मन्त्रीले सोमबार राष्ट्रपति भवनमा मन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

राष्ट्रपतिसमक्ष शपथ लिने नवनियुक्त मन्त्रीहरुमा कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव हुनुहुन्छ । उहाँहरु तीनै जना सत्ता घटक दल जसपाबाट मन्त्री बन्नुभएको हो । जसपाले तीन पुराना मन्त्रीको ठाउँमा नयाँ मन्त्री पठाएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै जसपाबाट तीन नेतालाई सहभागी गराएर मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको थियो ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?