माओवादी केन्द्रको बैठक: पदाधिकारी टुंगो लगाउन दबाब

Read Time = 2 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आजको बैठकमा केन्द्रिय समितिको पदाधिकारी, स्थायी कमिटीको गठन गर्नुपर्ने माग उठेको छ ।

आईतवार बसेको केन्द्रिय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि नेताहरुले आफ्ना भनाइ राखेका हुन् । सोमवारको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रया दिँदै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बैठकमा केन्द्रिय समितिको पदाधिकारी, स्थायी कमिटीको गठन गर्नुपर्ने माग उठेको बताउनु भयो । उहाँले बैठकमा आज ४१ जना नेताहरुले भाग लिएको र स्थानीय चुनावसम्बन्धी समीक्षा, पार्टी निर्माणबारेका बारेमा विशेष कुरा उठेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज हामीले वहसको कार्यक्रम राखेका थियौँ । हिजो केन्द्रिय समितिको मिटिङमा अध्यक्ष कमरेड प्रचण्डले राख्नुभएको संक्षिप्त राजनीतिक प्रतिवेदनबारे आफ्नो धारणा राख्ने कमरेडहरुको आज वहसको कार्यक्रम सम्पन्न भयो । त्यसमा ४१ जना साथीहरुले भाग लिनुभएको छ । मुलभुतरुपमा कमरेडले उठाएका विषयहरुमा स्थानीय चुनावसम्बन्धी समीक्षा, त्यसपछि पार्टी निर्माणबारेका कुरामा अलि बढी केन्द्रित गरेर सबै विषयवस्तु राख्नुभयो । केन्द्रिय समितिको पदाधिकारी, स्थायी कमिटीको गठन गर्नुपर्छ भन्ने सुझाव राख्नुभयो । भोलि अध्यक्षले प्रतिवेदनमा स्पष्टीकरण दिनुहुनेछ ।’

प्रवक्ता महराले केन्द्रिय कमिटीको अर्को बैठक मंगलवार बस्ने र बैठकमा अध्यक्ष दाहालले प्रतिवेदनमाथि उठेका प्रश्नको स्पष्टीकरण दिने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?