यो वर्ष कम बजेटका फिल्मले धानेको बलिउड

Read Time = 3 mins

मुम्बई । बलिउडका लागि यो वर्षको अहिलेसम्म निराशाजनक रहेको छ । वर्षको पहिलो ६ महिना बितिसकेको छ, तर केही फिल्मलाई छोड्ने हो भने कुनै पनि फिल्मले बक्स अफिसमा धमाल मच्चाउन सकेन । ठूला बजेट र ठूला स्टारको फिल्मले बक्स अफिसमा डुब्नबाट आफूलाई बचाउन सकेन । कोभिड–१९ को खतरा अहिले पनि मडारिरहेको छ, जसको असर बक्स अफिस कलेक्सनमा स्पष्ट देखिएको छ ।

कैयौं ठूला बजेटका फिल्म बक्स अफिसमा फ्लप भइरहँदा डकु ड्रामा ‘द कश्मीर फाइल्स’ले थिएटरमा नयाँ आशा जगायो । जसकारण थिएटरमा चहलपहल बढ्यो । यो फिल्म पाँच सय पर्दामा रिलिज भयो र यसको सुरुवाती कलेक्सन मात्र ३ दशमलब ५ करोड थियो । यो फिल्मको स्क्रिन संख्या लगातार बढ्दै गयो र कलेक्सनको मात्राले उस्तै रफ्तार लियो । अनुपम खेर अभिनित फिल्मले अन्ततः दुइै सय ५३ करोडको व्यापार गरेको छ ।

अर्कोतर्फ अक्षय कुमारको ठूला बजेटका दुई फिल्म फ्लप साबित भयो । जसकारण दर्शकमा निराशा प्रस्ट देखियो । यी फिल्ममा ‘बच्चन पाण्डे’ र ‘सम्राट पृथ्वीराज’ थिए । अजय देवगनको फिल्म ‘रनवे ३४’को अवस्था उस्तै रह्यो ।

पछिल्लोपटक युवाको नजरमा दुई फिल्म ‘भूलभुलैया २’ र ‘जुगजुग जियो’ परे । झन्डै ३२ करोड बजेट रहेको फिल्म ‘भूलभुलैया २’ले बक्स अफिसमा २ सय ६२ दशमलब ४ करोडको कारोबार गरेको छ । ‘जुगजुग जियो’को सुरुवाती कलेक्सन राम्रो रह्यो । तर सप्ताहन्तमा यसले खासै कमाल देखाउन सकेन । ८५ करोडमा बनेको फिल्म ‘जुगजुग जियो’ले हालसम्म करिब ९६ करोड आसपासको मात्र व्यापार गरेको छ ।

फिल्म ‘गंगूबाई काठियावाडी’ अभिनेत्री आलिया भट्टका लागि राम्रो साबित भयो । एक्सन स्टार टाइगर श्राफको ‘हीरोपन्ती २’ ले बक्स अफिसमा एक्सन देखाउन सकेन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?