फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Read Time = 1 min

काठमाडौं । सरकारले इन्धनको मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार सोमबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाइएको नेपाल आयल निगमले जनाएको छ ।

निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल/मटितेलमा प्रतिलिटर नौ/नौ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ पाँच रुपैयाँ बढाइएको छ ।

नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोल १८१ रुपैयाँ, डिजेल र मटितेल १७२ रुपैयाँ र हवाई इन्धन (आन्तरिक) १९० रुपैयाँ पर्नेछ ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । भारतीय आयल निगमबाट इन्धनको मूल्य बढेर आएकाले नेपालमा पनि बढाउनुपरेको निगमले जनाएको छ ।

एक साताअघि मात्रै सरकारले पेट्रोलमा प्रतिलिटर २० र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ कर घटाएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?