नोबेल अस्पतालले खेलाडीलाई उपचारमा सहयोग गर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल ओलम्पियन्स एसोसिएसन (एनओए) र नोबेल मेडिकल कलेज टिचिङ अस्पताल प्रालिबीच खेलाडी तथा परिवारको उपचारका लागि सम्झौता भएको छ । सम्झौतामा संघका तर्फबाट अध्यक्ष दीपक विष्ट र अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक इन्दिरा शर्मा बरालले हस्ताक्षर गर्दै आदान–प्रदान गर्नुभयो । दुवै पक्षबीच पाँच वर्षसम्मका लागि सम्झौता भएको हो ।

अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय खेलकुद ओलम्पिकमा भाग लिएका खेलाडीहरू र उनीहरूको परिवारका सदस्यहरूको उपचारमा विशेष सुविधा दिने उद्देश्यले सम्झौता गरिएको जनाएको छ ।

सम्झौताअनुसार ओलम्पिकमा भाग लिएका नेपालीभरिका खेलाडीहरू बिरामी भई उपचारका लागि अस्पताल आएको खण्डमा अस्पतालले क्याबिनसहित निःशुल्क उपचार सेवा उपलब्ध गराउनेछ ।

खेलाडीका परिवार (आमा, बुवा, श्रीमान् वा श्रीमती र छोराछोरी) का लागि उपचारमा ५० प्रतिशत छुट दिनेछ । यसका लागि अस्पतालले छुटको कार्ड उपलब्ध गराउनेछ । जसमा खेलाडीको विवरण, फोटो, परिवारका सदस्यहरूको फोटो र विवरणमा ओलम्पियन्स संघले प्रमाणित गर्नुपर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?