गोल्डेनगेट सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । गोल्डेनगेट राष्ट्रव्यापी खेलकुदअन्तर्गत यु-२३ पुरुष बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा गोल्डेनगेटले विशाल मिलन केन्द्र (बिएमके) लाई ७२-६८ ले पराजित गर्दै सेमिफाइनल पुग्ने अन्तिम टोली बन्यो ।

गोल्डेनगेटका अभिषेक सिंहले २९ अंक जोड्नुभयो । रोयल, टाइम्स र कीर्तिपुरले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय बास्केटबल विभागको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत सोमबार हुने सेमिफाइनलमा गोल्डेनगेटको भेट रोयलसँग हुनेछ भने टाइम्सले कीर्तिपुरको सामना गर्नेछ ।

त्यसबाहेक बलर्स एकेडेमीले आइएसए नेपाललाई ७३-६७ तथा जेभियरले मेरिलियोनलाई ५९-४९ ले हराए । बलर्सका आलोक क्षेत्रीले १३ तथा जेभियरका आभाष गुरुङले १२ स्कोर गर्नुभयो

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?