काठमाडौं । दिलिप स्मृति प्रतिष्ठान प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । छ स्वर्ण र तीन रजतसाथ प्रतिष्ठान समग्रमा टिम च्याम्पियन बन्न सफल भएको हो । मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय तेक्वान्दो विभागको आयोजनामा भएको प्रतियोगितामा तीन स्वर्ण, एक रजत र एक कास्यसहित कोटेश्वर तेक्वान्दो डोजाङ दोस्रो भयो । तेस्रो स्थानको मूलपानी तेक्वान्दो डोजाङले दुई स्वर्ण, तीन रजत र दुई कास्य हात पार्यो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा कोटेश्वरका सागर घिमिरे तथा महिलामा प्रतिष्ठानकी भवानी बुढाथोकी उत्कृष्ट खेलाडी चुनिनुभयो । दुवैले जनही पाँच हजार नगद रुपैयाँ पुरस्कार पाउनुभयो ।
विजेतालाई पूर्वमन्त्री विष्णु पौडेल, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, महासचिव पुरेन्द्रविक्रम लाखेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।
प्रतियोगितामा पुरुष-महिलामा आठ-आठ गरी १६ स्पर्धामा प्रतिस्पर्धा भएको प्रतियोगिताका संयोजक मनोज खड्गीले जनाउनुभएको छ । ७१औँ मदन जयन्तीका अवसरमा आयोजित दुईदिने प्रतियोगितामा २ सय ३० खेलाडी सहभागी थिए ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका