बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिए

Read Time = 4 mins
A A- A+

काठमाडौं । नेपाली यु-२० राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिनुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बन्द प्रशिक्षणमा रहेका ४१ खेलाडीबाट ११ खेलाडी बाहिरिएको जनाएको हो ।

मुख्य प्रशिक्षक मेघराज केसीले ११ खेलाडी बाहिर राख्दै ३० खेलाडीलाई प्रशिक्षणमा राखेको एन्फाले जनाएको छ । साफ यु-२० च्याम्पियनसिप र एएफसी यु-२० एसियन कप छनोटका लागि एन्फाले ४१ खेलाडी प्रशिक्षणमा बोलाएको थियो ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीहरूमा गोलकिपरहरू ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख, डिफेन्डरमा सौरभ कार्की, अकिब हक, अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, आश्विन भट्टराई, सिर्जन धानी, रोशन थापा, राज थोकर रहनुभएको छ ।

यस्तै मिडफिल्डरमा अभिषेक वाइबा, दिपेश गुरुङ, आशिष राई, क्षितिज भण्डारी, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिशरत्न छिन्जु, प्रितम स्याङ्तान, सुगम सुवाल, मनग्य नकर्मी र आयुष घलान तथा फरवार्डमा दिपेश राई, निरञ्जन मल्ल, रोहित सुब्बा, रोहन खड्गी रहनुभएको छ ।

साफ यु-२० च्याम्पियनसिप भारतमा आयोजना हुँदैछ । च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ ।

नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ । त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै एएफसी यु-२० छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा कतार, बहराइन, भुटान र बंगालादेश रहेको छ । यस समूहको छनोट खेल बहराइनमा हुनेछ । समूह चरणको खेल सेप्टेम्बर १० देखि १८ सम्म हुनेछ ।

नेपालले भुटानसँग सेप्टेम्बर १० मा खेल्दा १२ सेप्टेम्बरमा कतारसँग खेल्नेछ । नेपालले बहराइनसँग सेप्टेम्बर १४ र बंगलादेशसँग अन्तिम खेल सेप्टेम्बर १८ मा खेल्नेछ । समूह विजेताले २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यु-२० एसियन कपमा स्थान बनाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?