मिस इण्डिया-२०२२ को उपाधि सिनी सेट्टीलाई

Read Time = 1 min

मुम्बई । कर्नाटककी सिनी सेट्टीले मिस इण्डिया-२०२२ को उपाधि जित्नुभएको छ । उहाँसँगै राजस्थानकी रुबल शेखावत फष्ट रनरअर र उत्तर प्रदेशकी सिनाता चौहान सेकेण्ड रनरअप घोषित हुनुभएको छ । प्रतियोगिताको अन्तिम चरणमा ३१ जना प्रतिस्पर्धी भिडेका थिए ।

सबैजनालाई मुम्बईमा एक महिनासम्म यसबारे तालिम दिइएको थियो । पूर्वमिस इण्डिया युनिभर्स नेहा धुपियाले मिस इण्डियाले आफूमा पुराना विगतलाई ताजा गराउने बताउनुभयो ।

मुम्बईमा जन्मिनुभएकी २१ वर्षीया शेट्टीले लेखा र वित्तमा स्नातक गर्नुभएको छ । उहाँ एक प्रशिक्षित भरतनाट्यम नर्तक पनि हुनुहुन्छ । मनिष पौलले होष्ट गरेको अन्तिम प्रतिस्पर्धामा बलिउड कलाकारहरूको उपस्थिति थियो । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?