अश्लील लाइभ दोहोरी गाउने कलाकारले मागे माफी

Read Time = 1 min

काठमाडौं । लाइभ दोहोरीमार्फत अश्लील गीत गाउने करिब डेढ दर्जन कलाकारले माफी मागेका छन् । अश्लील गीत गाएर सामाजिक सद्भाव बिगारेको आरोपमा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले स्पष्टीकरणसहितको पत्र काटेपछि कलाकारहरूले माफी मागेका हुन् ।

आइतबार राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानको कार्यालयमा उपस्थित भएर उनीहरूले माफी मागेको प्रतिष्ठानका विकृति विसंगति रोकथाम कार्यदलका संयोजक शिव हमालले जानकारी दिनुभयो । हमालले भन्नुभएको छ, ‘प्रतिष्ठानले अश्लील गीत गाएको आरोपमा २० कलाकारलाई पत्र काटेर स्पष्टीकरण सोधेको थियो । तीमध्ये केहीबाहेक धेरैले स्पष्टीकरणसहित माफी मागेका छन् ।’ आइन्दा गल्ती नदोहो¥याउने र गरिरहेकालाई सिकाउने भन्दै प्रतिबद्धतासहित कलाकारले माफी मागेको हमालको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?