स्वस्तिमाको जन्मदिन अनाथ बालबालिकासँग

Read Time = 1 min
A A- A+

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले आफ्नो शनिबार२७औं जन्मदिन अनाथ बालबालिकासँग मनाउनुभएको छ । उहाँँले भक्तपुरको चाँगुनारायण-४ स्थित अनाथ आश्रममा पुगेर त्यहाँ आश्रित बालबालिकासँग मनाउनुभएको हो ।

त्यहाँको तुलसालय आश्रम पुगेर उहाँले केक काटेर बालबालिकालाई केक खुवाउनुभयो । आइतबार बिहानै त्यहाँ पुगेर स्वस्तिमाले बालबालिकासँग रमाइलो पनि गर्नुभयो ।

सन् २०१५ को चलचित्र ‘होस्टेल रिटन्र्स’बाट फिल्म करिअर थाल्नुभएकी स्वस्तिमाले एक दर्जन बढी चलचित्रमा अभिनय गर्नुभएको छ । स्वस्तिमा अभिनित चलचित्र ‘चिसो मान्छे’ हालै रिलिज भएको थियो र यसबाट उहाँले अभिनयको राम्रो प्रतिक्रिया पनि प्राप्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?