काठमाडौं । अभिनेता अनमोल केसीलाई लिएर चलचित्र ‘जेरी-२’ बन्ने भएको छ । सोमबार चलचित्रका निर्माता सरोज न्यौपाने र अनमोलबीच सम्झौता भएको हो ।
चलचित्र ‘जेरी २’लाई हेमराज विसीले नै निर्देशन गर्ने बताइएको छ । लभ स्टोरी चलचित्रको स्क्रिप्ट उहाँँकै हो । चलचित्र निर्माणमा सरोजसँग रामकृष्ण श्रेष्ठले सहकार्य गर्नुभएको छ । चलचित्रको लागि नायिका भने पक्का हुन बाँकी छ । नायिका आना शर्मासँग कुराकानी भए तापनि पक्का भने भइनसकेको निर्माता न्यौपानेले बताउनुभएको छ ।
चलचित्रको छायांकन आधा नेपाल र आधा अमेरिका अनि अष्ट्रेलियामा हुनेछ । अनमोल ‘छड्के २’ र पूजा शर्माको चलचित्र सकेपछि ‘जेरी-२’ को छायांकन सुरु हुनेछ । यस्तै ‘जेरी-२’ आउँदो वर्षको दशैँमा प्रदर्शन हुने निर्माता न्यौपानेले जानकारी दिनुभयो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कला क्षेत्रबाहेक मैले आफूलाई अलग
प्राथमिकतामा जिउँदा कि स्वर्गीय ?
हिमालय टाइम्स र नियमित लेखनका
कविता : निमन्त्रणा छ बालेन