विकास निर्माणमा प्रतिस्पर्धा गर्न आग्रह

Read Time = 2 mins

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार तथा निजी क्षेत्रबीचको सहकार्यबाटै विकास र समृद्धि सम्भव हुने बताउनुभएको छ । चन्द्रागिरि उद्योग वाणिज्य संघद्वारा सोमबार आयोजित नवनिर्वाचित स्थानीय जनप्रतिनिधिको बधाई तथा सम्मान कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रसँगको सहकार्यको महत्वलाई बुझेर अघि बढ्न जनप्रतिनिधिलाई पनि आग्रह गर्नुभएको छ ।

स्थानीय तहका जनप्रतिनिधिले विकास र लगानीका लागि एकआपसमा प्रतिस्पर्धा गर्नुपर्ने उहाँको भनाइ थियो । ढकालले स्थानीय जनप्रतिनिधिले आफ्नो स्थानीय तहमा धेरैभन्दा धेरै उद्योग व्यवसाय सञ्चालन गर्ने, लगानी भिœयाउने र रोजगारी सिर्जना गर्ने विषयमा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभयो ।

यसरी प्रतिस्पर्धा गर्दा स्थानीय तहले स्थानीयवासीलाई रोजगारी सिर्जना गर्ने, भौतिक पूर्वाधार निर्माण हुने र राजस्व पनि संकलन हुने ढकालको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?