इको प्यानलको कार्यालय सल्लाघारीमा

Read Time = 1 min

काठमाडौं । नेपाल इको प्यानलले भक्तपुरको सल्लाघारीमा कर्पाेरेट कार्यालय सञ्चालनमा ल्याएको छ । चाँगुनारायण नगरपालिका–३ झौखेलमा कारखाना रहेको नेपाल इको प्यानलले भक्तपुर नगरपालिका-१ सल्लाघारीमा कार्यालय सञ्चालनमा ल्याएको हो ।

इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवालले ग्राहकको सुविधाका लागि कर्पाेरेट कार्यालय सल्लाघारीमा स्थापना गरेको जानकारी दिनुभयो ।

कारखाना सुरु भएको झण्डै एक वर्षपछि कर्पाेरेट कार्यालय सल्लाघारीमा राख्न सुरु गरेको उहाँले बताउनुभयो । सल्लाघारीमा कर्पाेरेट कार्यालय स्थापनापछि काठमाडौं उपत्यकाका साथै बनेपा, धुलिखेल, पनौतीलगायतका ग्राहकलाई सहज हुने कम्पनीको विश्वास छ । नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेसन वालका रूपमा प्रयोग हुने निर्माण सामग्री हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?